ब्राजिलमा बिवाईडी डलफिन बन्यो २०२३ को सबैभन्दा धेरै पुरस्कृत विदुतिय कार – Nepal Press

ब्राजिलमा बिवाईडी डलफिन बन्यो २०२३ को सबैभन्दा धेरै पुरस्कृत विदुतिय कार

काठमाडौं । बिवाईडी डलफिन ब्राजिलको सबैभन्दा बढी पुरस्कृत विदुतिय गाडी बनेको छ । ब्राजिलमा लन्च भएको ६ महिनामानै बिवाईडी डलफिनले १० महत्त्वपूर्ण उपलब्धिहरु प्राप्त गर्दै सबैभन्दा बढी पुरस्कृत विदुतिय गाडी बनेको हो ।

नोभेम्बरदेखि डिसेम्बरसम्म मात्रै बिवाईडी डलफिनले अटो इस्पोर्ट म्यागजिनमा ‘२०२४ कार ओफ द यर’, युओएल कारोस अवार्ड–हाइलाइट ओफ द यर र इलेक्ट्रिक ह्याच, बेस्ट इलेक्ट्रिक कार, जर्नल दो कारो च्वाइस, पर्चेस अफ द इयर २०२४, ट्रेन्ड कार २०२३ (टेरारगाइड द कारो) इलेक्ट्रिक कार, बेस्ट इलेक्ट्रिक अप टु २००के र टोप कार टिभी बेस्ट इलेक्ट्रिक अप टु २००के प्राप्त गरेको हो ।

बिवाईडी डलफिन सन् २०२३ वर्षको सबैभन्दा प्रतीक्षित गाड़ी मात्र नभएर, परम्परागत रूपमा राष्ट्रिय बजारको इतिहास नै परिवर्तन गर्दै विशेषज्ञ तथा सर्वसाधारणको प्रिय बन्न सफल भएको कम्पनीको दाबी छ भने, बिवाईडीले २०२३ मा ब्राजिलमा मात्रै ५ हजार भन्दा बढी कार बिक्रीको रेकर्ड बनाइसकेको छ।

बिवाईडीका अध्यक्ष टायलर लि भन्छन, ‘बिवाईडी डलफिन ब्राजिलको अटोमोटिभ बजारको लागि एक गेम चेन्जर हो। इतिहासमा पहिलोपटक एउटा निर्माता ले यति धेरै नवीनता र अत्याधुनिक प्रविधिले युक्त गाडी प्रदान गरेको छ, जुन आँफैमा पूर्ण , र आरामदायक छ । यसको आकर्षक डिजाइन तथा प्रतिस्प्रधी मूल्यले पुरा उद्योगलाईनै आफ्नो प्राइस पोलेसी पुनरावलोकन गर्न बाध्य बनाएको छ। । विदुतिय कारलाई धेरै भन्दा धेरै ब्राजिलका जनताको पहुँचमा पुर्याउनुनै हाम्रो लक्ष्य हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर