सिक्किममा ‘साम्प्रदायिक हिंसा भड्काउने’ भिडिओ राखेको आरोपमा खोटाङकी युट्युबर उमा पक्राउ – Nepal Press

सिक्किममा ‘साम्प्रदायिक हिंसा भड्काउने’ भिडिओ राखेको आरोपमा खोटाङकी युट्युबर उमा पक्राउ

सिक्किम क्रान्तिकारी मोर्चा भन्छ- उमाको सिक्किम यात्राको इजाजत छैन, सजाय हुनुपर्छ

काठमाडौं । खोटाङकी एक चर्चित युट्युबर उमा चाम्लिङ राई सिक्किममा पक्राउ परेकी छिन् । सिक्किमको लोकसेमा आयोजना भएको साकेला नाचमा निम्तो दिएको भिडिओ सार्वजनिक गरेकी उनलाई त्यसैको आधारमा पक्राउ गरिएको हो ।

सिक्किमको राजधानी गान्तोकबाट पुगेको प्रहरी टोलीले उमालाई पक्राउ परेको हो । सिक्किमको सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चाकी सदस्य सिला राईले दिएको जाहेरीको आधारमा उमा पक्राउ परेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । राई शनिवार पक्राउ परेकी हुन् ।

भारतको मूलधारको मिडिया इन्डिया टूडेमा सिक्किमका पत्रकार सुजल प्रधानले लेखेको समाचार अनुसार आगामी चुनावलाई लक्षित गरेर उमा राईले ‘साम्प्रदायिक’ तथा ‘आतङ्ककारी हिंसा’ भड्काउन षडयन्त्र गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

उमा राईले सिक्किमका विभिन्न समुदायको सामुदायिक हिंसा भड्काउन प्रवर्द्धन गरेको भन्दै परेको निवेदनको आधारमा पक्राउ गरिएको इन्डिया टूडेले उल्लेख गरेको छ ।

इन्डिया टूडेका अनुसार उमा राईलाई अदालतमा हाजिर गराएपछि पाँच दिन थुनामा राखेर अनुसन्धान हुने भएको छ । भारतको मुलुकी अपराध संहिता अनुसार उमा राईलाई सजायको माग गरिएको इन्डिया टूडेले उल्लेख गरेको छ ।

भारतको आधिकारिक सरकारी समाचार एजेन्सी पीटीटआईको समाचारअनुसार उमा राईले साम्प्रदायिक हिंसा भड्काउने भिडिओ राखेका कारणले उनलाई भारतको मुलुकी अपराध संहिता अनुसार पक्राउ परेको उल्लेख गरेको छ ।

सिक्किम क्रान्तिकारी मोर्चा भन्छ- पवन चाम्लिङले जातीय राजनीति गर्न उमा बोलाए

सिक्किमको सत्ताधारी दल सिक्किम क्रान्तिकारी मोर्चाले एक विज्ञप्ति जारी गरेर पवन चाम्लिङको जातिवादी राजनीतिमा उमा चाम्लिङलाई सिक्किम बोलाइएको आरोप लाएको छ ।

मोर्चाका प्रचार प्रसार शाखाका सचिव शीतल सोताङ राईले शनिवारै सार्वजनिक गरेको विज्ञप्तिमा उमा चाम्लिङ अवैधानिक रूपमा सिक्किममा बसेर राजनीतिमा प्रयोग भएको समेत आरोप लाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ती महिला चाम्लिङकै आडमा सिक्किमको नियम इन्टर लाइन पर्मिट समेत नकाटी सिक्किम भित्रिएको खुलेको छ । यसरी गैरकानुनी ढंगमा सिक्किम पसेकी ती महिलाले सेग्सेपमा साकेवा पर्व मनाउने भन्दै भिडिओमार्फत् बारबार निमन्त्रणा तिनले कि दिनुपर्‍यो ?

विज्ञप्तिको अन्तिममा भनिएको छ, ‘हो सिक्किममा पर्यटक भएर, व्यवसायी भएर, कामदार भएर जो कोही आउन सक्छ । तर यहाँ जातिवादी राजनीति प्रेरित कामको लागि कसैले आएर सिक्किमेली अस्तित्व र संस्कृति परम्परामाथि हस्तक्षेप गर्ने अधिकार कसैलाई छैन । यसरी गैर कानुनी ढंगमा सिक्किम आएर एउटा राजनीतिक पार्टीको सहारामा सिक्किमको आम जन साधारणलाई अलमल्याउने ती महिलालाई कानुन अनुसार दिइनुपर्ने दण्ड दिइयोस् भन्ने हामी माग गर्दछौँ ।

के भनेकी थिइन् राईले भिडिओमा ?

२ मिनेट ५४ सेकेण्डको भिडिओ बनाएर चार दिन अगाडि पोस्ट गरेकी थिइन उमा राईले । उनले भिडिओमा यसो भनेकी छिन्-

हेल्लो सेवा होउवामा सामुन्ना । सम्पूर्ण सिक्किमवासीहरूलाई नमस्ते । म चैँ पर्सि लेकसेप ग्राउन्डमा थर्टी तारिख आउँदै छु तपाइँहरुसँग साकेला नाच्नुको लागी हो । सप्पै जना आउनु है । ल नेपालमा त मैले साकेला मनाइरहेको छु हैन जहाँ पनि पुगेर ।

आफ्नो संस्कार संस्कृति हैन आफ्नो पहिचानलाई जोगाउनुको लागि । जोगाउनु पर्छ भनेर अगाडि बढिराखेको छु, नेपालमा । अब सिक्किममा हेरौँ न त कस्तो छ भनेर हैन सिक्किममा पनि धेरै किराँत हुनुहुन्छ । आफ्नो साकेला संस्कार संस्कृतिलाई जोगाइ राख्नु भएको छ भनेको त सुनेको हो । अब पर्सी तीस तारिख हेरौँ है त कत्तिको क्राउड हुँदो रैछ हैन । कत्तिको एक्टिभ हुँदो रहेछ किराँतहरू, राईहरू आफ्नो संस्कार संस्कृतिलाई कत्तिको माया गर्नुहुँदो रैछ सिक्किमवासीहरूले । त्यो पनि त हेर्नुपर्यो नि हैन । त्यै भएको कारणले गर्दाखेरि म पनि तीस तारिख के भन्छ लेकसाइड आउँदै छु । तपाईँहरू पनि आउनुस् है । मज्जाले घोप्टी घोप्टी हैन साकेला नाच्नुपर्छ गीत गाउँदै । के रे मकै गोएर नजाऊ है कान्छा मलाई छोडेर भनेर म चैँ थर्काउने छु हैन । र, सँगसँगै भनेको जत्ति पति हुनहुन्छ, किराँत राईहरू हुनुहुन्छ हैन आफ्नो संस्कार संस्कृति र आफ्नो पहिचानलाई कहिल्यै पनि दबाउन नदिनुस् हैन । म तपाइँहरुलाई रिक्वेस्ट गर्छु ।

सिक्किममा आइसकेपछि पनि मैलै धेरै कुराहरू देखे हैन । म पनि धेरै दिनदेखि बसिराखेको छु । म जान खोजेको हो । सप्पै जानाले साकेवा साकेवा हाम्रो तिर चैँ साकेला भन्छ कि यतातिर चैँ साकेवा भन्नु हुँदोरहेछ । सो, साकेवा मनाएर मात्रै जानुस् के भनेर सप्पै जनाले रिक्वेस्ट गर्नुभयो । त्यो भको कारणले मैले पनि हुन्छ भनेर बसे हैन । आउनेछु तपाइँहरुसँग रमाइलो गर्नको लागी । सम्पूर्ण सप्पै जनालाई आज नै मैले रिक्वेस्ट गरिराछु । तीस तारिख चैँ सप्पैजना आउनुस् है लेकसाइडमा ।

म यत्रो नेपाल देखी आएर आफ्नो संस्कार संस्कृतिलाई माया गरेर तपाईँहरूसित सिक्किमे ठिटोहरूसित ठिटीहरूसँग दाजुभाइ दिदीबहिनी सप्पैजनासँग नाच्ने रमाइलो गर्ने साकेला भनेर बसिराको छु । राम्रो सन्देश नेपालमा लगेर छोड्नुपरो पनि त हैन । सिक्किममा यत्ति राम्रोसँग राखिराख्नु भको छ । कत्ति धेरै एक्टिभ छ । हामी पनि त्यस्तै हुनुपर्छ ।

मैले पनि गएर आफ्नो जेनेरेसनहरुलाई त्यहाँनेरको जत्ति पनि हुनुहुन्छ हैन हाम्रो संस्कार संस्कृतिलाई माया गर्ने, उहाँहरूलाई भन्नुपरो नि हैन । त्यो भको कारणले गर्दा म यो चोटी चैँ सिक्किमको साकेला हेर्छु है त कस्तो हुँदोरैछ । र भयो भने सिक्किमको सोल्टीहरूलाई पनि हेर्छु भनेर । सप्पै जनालाई सिम सोम । आउनु होला है ।


प्रतिक्रिया

One thought on “सिक्किममा ‘साम्प्रदायिक हिंसा भड्काउने’ भिडिओ राखेको आरोपमा खोटाङकी युट्युबर उमा पक्राउ

  1. नेपालमा अहिलेको टट्टुहरूको सरकारले उक्सायर पहिचानवादी भईयो भन्दैमा सिक्कीममा पजि यता जुस्तै गर्न खोजेको होला । कहाँ छ र अन्यत्र हाम्रोजस्तो छाडा? लगेर कोचिदिन्छ । खासै केहि लेखेजस्तो पजि देखिदैन नेपालमा हेरिकन त । भनेपछि यी पहिचानवादीको नाममा विदेशीको डलर खाने गुण्डाहरूलाई टट्टुहरूको सरकारले कतिसम्म छुट दिएको रहेछ । देखियो नि त । एमालेका नेता छानिछानि हान्ने यी ठगबन्धनका गुण्डालाई कारवाही नगर्ने चाहिँ नारायणकाजि र प्रचण्ड हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *