बालकुमारीमा हत्या गरिएका परिवारको माग- शहीद घोषणादेखि परिवारका एकजनालाई रोजगारीसम्म – Nepal Press

बालकुमारीमा हत्या गरिएका परिवारको माग- शहीद घोषणादेखि परिवारका एकजनालाई रोजगारीसम्म

काठमाडौं । बालकुमारी घटनामा मृत्यु भएका दुईजना वीरेन्द्र शाह र सुजन रावतलाई शहीद घोषणा गर्न माग गरिएको छ ।

शनिवार मृतकका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दै मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने र परिवारका एक एक जनालाई रोजगारीको व्यवस्था गर्न माग गरिएको हो ।

कोरियन भाषा परीक्षाका सम्बन्धमा असन्तुष्टि जनाउँदै भएका आन्दोलनमा दुई जनाको मृत्यु भएको थियो ।

मृतकका परिवारले ११ बुँदे माग पत्र प्रधानमन्त्रीलाई बुझाउँदै उचित क्षतिपूर्तिको माग पनि गरिएको छ ।

यस्तै आन्दोलनमा घाइते भएकाहरूको उपचारको व्यवस्था गर्नुपर्ने, बेपत्ताहरूको खोजीनिती गरी उनीहरूको अवस्था सार्वजनिक गर्न पनि माग गरिएको छ ।

आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई निः सर्त रिहा गर्न पनि मृतकका परिवारले माग गरेका छन् ।

घटनास्थलको सिसिटिभी फुटेज सुरक्षित राखी छानबिनको आधार बनाउनुपर्ने र मृतकको आफन्तको इच्छाअनुसार सदगदको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।

पीडित परिवारको तर्फबाट मृतकका सुजन रावतका मामा टेकबहादुर कटुवालले प्रधानमन्त्रीलाई सो माग पत्र बुझाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *