तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी भेगमा हिमपातको सम्भावना – Nepal Press

तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी भेगमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी बायुको सामान्य प्रभाव रहेको छ ।

हाल देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका स्थानहरूमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *