अनेरास्ववियु लमजुङको अध्यक्षमा सागर खड्का – Nepal Press

अनेरास्ववियु लमजुङको अध्यक्षमा सागर खड्का

पोखरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) लमजुङको अध्यक्षमा सागर खड्का चयन भएका छन् । शनिबार लमजुङमा भएको २५औं जिल्ला अधिवेशनबाट सागर खड्का अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

जसमा प्रदीप गुरुङ र निश्चल पाण्डे उपाध्यक्ष, ओमप्रकाश गुरुङ सचिव, पूर्ण गुरुङ र आरती पोखरेल सहसचिव र निश्चल क्षेत्री कोषाध्यक्ष चयन भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर