जनप्रशासन संघको नयाँ नेतृत्व चयन, अध्यक्षमा पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य – Nepal Press

जनप्रशासन संघको नयाँ नेतृत्व चयन, अध्यक्षमा पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य

काठमाडौं । नेपाल जनप्रशासन संघको २४ औं साधरणसभाबाट आगामी २ वर्षको लागि पूर्व परराष्ट्र सचिव एवम् संयुक्त राष्ट्र संघको लागि नेपालका पूर्व स्थायी प्रतिनिधि मधुरमण आचार्य अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रशासन, व्यवस्थापन तथा शैक्षिक क्षेत्रका विषयमा वकालत गरी सरकारलाई नीति निर्माणमा सहयोग एवम् सुझाव दिने उद्देश्यले २०४७ मा स्थापित उक्त संस्थाको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः मुकुन्द प्रसाद निरौला सचिव(उधोग), दिलीप पौडेल कार्यकारी निर्देशक कर्मचारी संचय कोष, गोविन्द तामांग र रजनी रेग्मी शाखा अधिकृत प्रदेश सुशासन केन्द्र पनि निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी, २ संस्थागत सदस्यमा साल्ट ट्रेडिंग लिमिटेड र काष्ठमण्डप कलेज अफ म्यानेजमेण्ट पनि निर्विरोध निर्वाचित भएका छन् भने निवर्तमान अध्यक्ष कृष्णहरी बककास्कोटा स्वतः सदस्य भएका छन् । बाँकी सदस्यहरूमा पूर्व प्रशासक श्यामसुन्दर शर्मा, महेन्द्र थापा ‘सैबुले’, चुडामणि देवकोटा पनि निर्विरोध निर्वाचित भए ।

यसैगरी, बलराम त्रिपाठी काठमाडौं महानगर पालिका, डा. दिनेश पन्त, डा. ऋषिकेश पन्थी नेपाल वायुसेवा निगम र हिरा श्रेष्ठ विश्वविद्यालय अनुदान आयोग पनि निर्विरोध निर्वाचित भएका छन् ।

पूर्वसचिव रेश्मीराज पाण्डेको संयोजकत्वमा पूर्वसचिव मणिराम ओझा र जनप्रशासन क्याम्पसका पूर्व अधिकृत सकुल पौडेल सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन गरेको थियो ।

स्थापना कालदेखि यस संस्थामा क्रमशः प्रा.डा. सुर्यलाल अमात्य, डा. मधुनिधी तिवारी, प्रा. चुडाराज उप्रेती ५ पटक, प्रा. महेन्द्रनारायण मिश्र, डा. गोविन्द ढकाल, पूर्वमन्त्री एवम् पूर्व सचिव बिध्याधर मल्लिक २ पटक, पूर्वसचिव कृष्ण ज्ञवाली, प्रा. टेकनाथ ढकाल र पूर्वसचिव एवम् पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटाले ३ कार्यकाल कुशल नेतृत्व गरिसकेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *