बालकुमारी घटनाका मृतकको आफन्त भेट्न किस्ट र पाटन पुगे रवि – Nepal Press

बालकुमारी घटनाका मृतकको आफन्त भेट्न किस्ट र पाटन पुगे रवि

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने शुक्रबार बालकुमारीमा भएको ईपीएस परीक्षा सम्बन्धी प्रकरणमा मृत्यु भएकाको आफन्तलाई भेट्न किस्ट र पाटन अस्पताल पुगेका छन् ।

उनी आज साँझ अस्पताल पुगेका हुन् । शुक्रबार दिउँसो ईपीएस परीक्षाका विषयमा भएको प्रदर्शनका क्रममा जुम्लाका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

सुजनको किस्ट र वीरेन्द्रको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यसकाे विराेधमा प्रदर्शन भएकाे छ भने सरकारले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत घाेषणा गरेकाे छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *