काठमाडौँका कलेजमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम हुने – Nepal Press

काठमाडौँका कलेजमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम हुने

काठमाडौं । काठमाडौंका विभिन्न प्लस टु कलेजहरूमा मानसिक स्वास्थ्य सम्बन्धी जन–चेतनामूलक कार्यक्रम सञ्चालन हुने भएको छ ।

शनिवार पत्रकार सम्मेलन गर्दै आयोजक ब्याग्स अफ होपले आइतबारदेखि काठमाण्डौंका प्लस टु कलेजहरूमा मानसिक स्वास्थ्य सम्बन्धी जन–चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै ब्याग्स अफ होपका अध्यक्ष नितिश जोशी यस कार्यक्रममार्फत देशको भावी पुस्तालाई मानसिक स्वास्थ्यमा अझै बलियो र अब्बल बनाउने उद्देश्य रहेको बताए ।

सुरुवातमा राजधानीका २० भन्दा बढी प्लस टु कलेजहरूमा यो कार्यक्रम सञ्चालन हुने अध्यक्षले जोशीले बताए । मुनाल एजुकेशन हवले प्रायोजक गरेको कार्यक्रममा विद्यार्थीको उल्लेख्य सहभागिता रहेने अपेक्षा गरिएको छ । यस कार्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धी आधुनिक प्रविधिको प्रयोग गरी विभिन्न चित्रहरू पनि देखाइनेछ ।

टि.यु. को टिचिङ हस्पिटलमा कार्यरत डा. सुलभ राज उप्रेती को नेतृत्वमा रहेको मानसिक स्वास्थ्य सम्बन्धी अध्ययनरत बिद्यार्थीहरुको पनि सहभागिता रहने आयोजकले जनाएको छ । ब्याग्स अफ होप युवाहरू द्वारा सञ्चालित सामाजिक संस्था हो । यस संस्थाले सामाजिक क्षेत्रहरूमा विभिन्न समाज रूपान्तरणका कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *