सुर्खेतमा भोलि सरकारी र निजी सवारीसाधन पूर्ण रुपमा बन्द गर्ने घोषणा – Nepal Press

सुर्खेतमा भोलि सरकारी र निजी सवारीसाधन पूर्ण रुपमा बन्द गर्ने घोषणा

सुर्खेत । शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा दैलेखका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएपछि आन्दोलन संघर्ष समिति सुर्खेतले आन्दोलन गर्ने भएको छ ।

आइतबार (भोलि) सुर्खेतमा सरकारी सवारी साधन पूर्णरुपमा बन्द गर्ने र दिउँसो १२ बजे देखि १ बजेसम्म एक घण्टाका लागि सम्पूर्ण सवारी साधन बन्द गर्ने आन्दोलन संघर्ष समिति सुर्खेतले जानकारी दिएको छ ।

रोजगारीका लागि देश बाहिर जाने प्रयोजनका लागि भएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको धरपकट र गोली प्रहारको घटना अत्यन्तै निन्दनीय भन्दै समितिले आन्दोलन गर्ने जनाएको हो ।

मृतकका आफन्त, शुभचिन्तक र शुभेच्छुकहरुले मुख्य मागहरु दोषिलाई कारबाही र मृतक युवाहरुलाई शहिद घोषणा, पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालनपालनको ग्यारेन्टी लगायतका मागहरु गर्दै कर्णाली प्रदेशको राजधानी सुर्खेतसहित विभिन्न जिल्लाहरुमा पनि आन्दोलन भइरहेको छ ।

उनीहरुले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीना र घटनामा संलग्न अन्यलाई कानुन अनुसार कारवाहीको माग गर्दै आन्दोलन गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *