कांग्रेसनिकट स्वास्थ्यकर्मी संघको वैधानिकतामा प्रश्न उठेको भन्दै नयाँ तदर्थ समिति गठनको माग – Nepal Press

कांग्रेसनिकट स्वास्थ्यकर्मी संघको वैधानिकतामा प्रश्न उठेको भन्दै नयाँ तदर्थ समिति गठनको माग

काठमाडौं । नेपाली कांग्रेसनिकट ट्रेड युनियन संघअन्तर्गत नेपाल स्वास्थ्यकर्मी संघको वैधानिकता सकिएको भन्दै सदस्यहरुले नयाँ तदर्थ समिति गठनको माग गरेका छन् ।

२०७६ मा साताैं भएको अधिवेशनबाट चयन भएको नेतृत्वको समय सकिएर गतवर्ष २०७९ साउन ४ गते मातृ पार्टीलाई शुभेच्छुक संस्थाको मान्यताका लागि आह्वान गरिएको र सो मान्यता पत्र प्राप्त भएदेखि २०८० कात्तिक २४ सम्ममा त्यसको अवधि पनि सकिएको भन्दै सदस्यहरुले साे समितिकाे औचित्य सकिएको ठहर छ ।

जसका कारण सदस्यहरुले नयाँ तदर्थ समितिको गठनको माग गरेका हुन् ।

तदर्थ समितिले यसबीचमा कुनै पनि तहको अधिवेशन गराउन नसकेको र पार्टीले पनि चासो नदिएको र संघको गतिविधि नै शिथिल बनेको तथा वैधानिकतामै प्रश्न उठेको भन्दै नयाँ समिति गठनका लागि पार्टीलाई आग्रह गरिएको एक सदस्यले जानकारी दिए ।

उनीहरुले पार्टीका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, अर्का उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मालगायतलाई निवदेनमार्फत संघको पुनर्गठनको आग्रह गरेका छन् ।

उनीहरुले २०७६ सालमा भएको संघको अधिवेशनले चयन गरेको नेतृत्वले पनि विभिन्न अधिवेशन गर्न नसकेको र गतसाल गठित तदर्थ समिति पनि असफल भइ अवधि सकिएको अवस्थामा नयाँ समिति गठन गर्न माग गरेको निवेदनमा उल्लेख गरेका छन् ।

यस्तो छ निवदेनः

विषय : नेपाल स्वास्थ्यकर्मी संघ (शुभेच्छुक संस्था ) को म्याद समाप्त भएकोले नयाँ तदर्थ समिति गठन गरिदिन हुन सम्बन्धमा ।

महोदय,
उपरोक्त समन्धमा नेपाली कांग्रेस को शुभेच्छुक संस्था मिति २०७९/१०/२५ मा शुभेच्छुक संस्था मान्यता पत्र पाए पछि संघ का अध्यक्ष रामजि घिमिरि ले कुनै तहको अधिवेशन तथा पुर्ण केन्द्रीय कार्य समिति बैठक बसि संघलाई चलायामान बनाउन नसकेको विभिन्न NGO/INGO लाई संस्था देखाई डलर खाने मात्रै काम गरेको हुदा निज लाई तत्काल बखास्त गरि नयां तदर्थ समिति बनाउन हुन हार्दिक अनुरोध गर्दछौ । नेपाली कांग्रेस को विधान २०१७ संसोधन सहित २०७८/०८/२८ को दफा २२ को ८ न मा शुभेच्छुक संस्था लाई सम्बन्धन र आवश्यक निर्देशन दिने २० न मा शुभेच्छुक संघ ले पार्टी हित विपरीत काम गरेमा विधटन गरि तदर्थ समिति गठन गर्नछ भन्ने रहेको छ ।

यस्तै दफा ४२ को (२) मा शुभेच्छुक संस्था सम्मन्धि ब्यवस्था रहेको छ जसमा संस्था लोकतान्त्रिक मूल्य र मान्यता मा विश्वास गर्ने , उदेश्य ,सिद्धान्त र विधान लोकतान्त्रिक हुने छ भन्ने छ ।जसको भावना विधान बमोजिम निर्वाचन हुनु हो तर हालका अध्यक्ष रामजि घिमिरे संगठन विस्तार भन्दा कमाउ खाने संस्था बनाएका छन् ।

नेपाली कांग्रेस को नियमावली २०७६ को परिच्छेद १४ दफा ३७(३) मा लोकतान्त्रिक विधि का बारेमा उठान गरिएको छ ।

अनुसुची १७ ख मा शुभेच्छुक संस्था लाई दिइने मान्यता पत्र सम्बन्धित छ । यी सबै विधान ,नियम दाइ हेर्दा नेपाली स्वास्थ्यकर्मी संघ ले २०७९/१०/२५ गते शुभेच्छुक संस्था को मान्यता पाए पछि तदर्थ समिति मा अध्यक्ष रामजी घिमिरे ले संस्था भन्दा ब्यक्ति वादि भई संस्था को नाम बेचेर कमाउ भन्दा गरिरहेका छन सो हुदा निजलाई तत्काल हटाई नया तदर्थ समिती बनाई दिन हुन हामी सम्पूर्ण स्वास्थ्यकर्मी माग गर्दछौं ।

बिगतमा नेपाल ट्रेड युनियन कांग्रेस सग आबद्ध नेपाल स्वास्थ्यकर्मी संघ का निर्वतमान अध्यक्ष रामजि घिमिरे का कारण संघ २०८०/७/२४ मा म्याद समाप्त भयको छ २०७६/ कार्तिक २२-२३ सम्म काठमाडौं मा सम्पन्न सातौ महाधिवेशन को ४ वर्ष कार्यकाल यहि गत कात्तिक २३ गते समाप्त भएको जानकारी गराउदछौ यस समय मा अध्यक्ष रामजी घिमिरे ले संघ को परिषद ,भेला र अन्य कुनै अधिबेशन नगराएको खालि केही स्वंयमसेवक को मात्रै केहिले PSI र कहिले UNI कार्यक्रम मात्रै गरि आर्थिक अनियमितता समेत गरेका ले निज लाई कारवाहि गरि तत्काल नया कमिटी गठन गर्न आवश्यक पहल गरि दिन हार्दिक अनुरोध गर्दछौं ।

नेपाल ट्रेड युनियन कांग्रेस को विधान, नियम,विनियम,कार्यविधि र निर्देशिका परिच्छेद ४ को ७.७ मा आबद्ध संघ को अधिवेशन ञ र ज मा तोकिएको समयमा र ४ वर्ष मा अनिवार्य रुपमा गर्नुपर्नेछ भन्ने लेखिएका छ । नेपाल स्वास्थ्यकर्मी संघ को विधान २०५० परिमार्जित सहित २०७५ को १५ मा महाधिवेशन प्रत्येक चार वर्ष मा हुने छ भन्ने ब्यवस्था रहेको छ । विधान को ५.१ मा संधिय अधिबेशन ४ वर्ष मा हुने छ भनी उल्लेख छ । दफा १४ मा कार्यावधि को १ मा नेपाल स्वास्थ्यकर्मी संघका सबै तहको निर्वाचित कार्य समितिहरुको अवधि निर्वाचन भएको मितिदेखि ४ बर्षको हुनेछ ।

तर प्रतिष्ठान स्तर को समितिको अबधि दुई वर्षको हुनेछ ।राष्ट्रिय समितिले विषेश कारण देखाई एक पटकमा ६ महिनामा नबढाई बढिमा ३ पटकसम्म अबधि थप गर्न सक्नेछ भने ब्यवस्था छ ( यो ब्यवस्था राष्ट्रिय समितिले प्रतिष्ठान स्तर को समिति को अबधि थप गर्न को लागि मात्रै हो ) संघ क‍ो केन्द्रीय समितिले पनि आज का मिति सम्म र म्याद भित्र बैठक बसेर कुनै निर्णय नगरेकाले संघ स्वंत विधठन भयको हुदा नया समिति गठन गर्न माग गर्दछौं ।

अध्यक्ष घिमिरे ट्रेड युनियन कांग्रेसको वेभसाइड मा पनि सातौ अधिवेशनपछि निर्वाचित केन्द्रीय समिति को नामावली अपलोड नगाएको ले पनि उनी घिमिरेले कति गैरजिम्मेवार हुन भन्ने थाहा हुन्छ । हाल संघका अध्यक्ष रामजि घिमिरे अझैसम्म पनि आफू नै अध्यक्ष हु भनी UNI को मार्फत विभिन्न कार्यक्रम गरिरहेका छन उनी हाल अबैध अध्यक्ष हुन सो हुदा तत्कालै नया महाधिवेशन तयारि समिति बनाउन माग गर्दछौ

निवेदक
नेपाल स्वास्थ्यकर्मी संघ का सदस्यहरु

बोर्धार्थ
नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय कार्यालय
काठमाडौं

नेपाल निजामती कर्मचारी युनियन
केन्द्रीय ,कार्यालय ,काठमाडौ

श्रीमान सभापति शेरबाहादुर देउवा ज्यू

सम्माननीय पुर्व प्रधानमन्त्री ज्यु

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालय

वीपी स्मृति भवन , वीपी नगर ,ललितपुर

श्रीमान उपसभापति ज्यू

माननीय पुर्ण बा खड्का ज्यु

नेपाली काङ्ग्रेस केन्द्रीय समिति

श्रीमान उपसभापति ज्यू

माननीय धनराज गुरुङ ज्यू

नेपाली काङ्ग्रेस केन्द्रीय समिति

श्रीमान महामन्त्री ज्यू

माननीय गगन कुमार थापा

नेपाली काङ्ग्रेस , केन्द्रीय समिति

श्रीमान महामन्त्री ज्यु

माननीय विश्व प्रकाश शर्मा ज्यु

नेपाली काङ्ग्रेस केन्द्रीय समिति

श्रीमान मुख्य सचिव ज्यू

नेपाली काङ्ग्रेस , केन्द्रीय कार्यालय

माननीय कृण्ण पौडेल ज्यू

श्री डा शेखर कोइराला ज्यु

नेपाली कांग्रेस
नेपाली कांग्रेस ,केन्द्रीय कार्यालय

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर