ऋणको बोझ उतार्न कोरिया जाने प्रयासमा रहेका सुजन काठमाडौंमा ढले – Nepal Press

ऋणको बोझ उतार्न कोरिया जाने प्रयासमा रहेका सुजन काठमाडौंमा ढले

सुर्खेत । घरको ऋण शिरमा बोकेर विदेशको सपना देख्दै काठमाडौं गएका दैलेख महाबु गाउँपालिका २३ वर्षे सुजन राउतको ललितपुरको बालकुमारी घटनामा सदाको लागि अस्ताएका छन् । उनकाे ललितपुरकाे किस्ट अस्पतालमा  उपचारकाे क्रममा निधन भयाे ।

सुजन आज बालकुमारीमा भएकाे प्रदर्शनमा  सहभागी हुन पुगेका थिए ।  तर उनकाे  प्रहरीकाे लाठी लागेर मृत्यु भयाे ।

उनी दैलेख जिल्ला महाबु गाउँपालिका–६ रानिवनका बुवा भक्त बहादुर राउत र आमा नन्दकुमारी कटुवाल राउतका जेठा छोरा हुन् । उनी २ महिनादेखि काठमाडौँ बसेर इपीएस परीक्षाको तयारी गरिरहेका थिए ।

गत वर्ष मात्रै बाबुको ब्रेन ट्युमरका कारण मृत्यु भएपछि सुजनमाथि घर चलाउने दायित्व थपिएको थियो । एक वर्ष अगाडि उनका बाबु भक्तबहादुर राउतको ब्रेन ट्युमरका कारण मृत्यु भएको थियो ।

केही बर्ष अगाडि दैलेख बजारमा  भाडा  व्यवसाय गर्दै आएका राउत परिवारको व्यवसाय राम्रो चलेको थियो । रावत उद्योग वाणिज्य संघ दैलेखको उपाध्यक्षसमेत भएका थिए । उनी दैलेख बजारमा एक सफल व्यवसायीका रुपमा परिचत थिए । पछि उनलाई ब्रेन ट्युमरका भयो ।
बिरामीबाट थलिएका रावतको व्यवसाय पनि थलिदै गयो ।

उपचारका लागि भएको सबै सम्पत्ति पनि सकियो । उनलाई बचाउनका लागि उनका परिवार र आफन्तले जति प्रयास गरे पनि उनलाई बचाउन सकेनन् । उनी गत बर्षको मंसिर ११ गते उपचारकै क्रममा निधन भयो ।

बुवाले गरिरहको व्यवसाय चौपटमा परेको थियो । बुवाको निधनका कारण घरमा सुजन माथि आर्थिक भार परेको थियो । त्यहि कारणले पनि उनी रोजगारीका लागि कोरिया जाने तयारी गरेका थिए ।

अनन्त उनी कोरिया जान पाएनन् । घरमा छोराको भविष्यको सपना देखिरहेको सुजनकी विधुवा आमाका सपना चक्नाचुर भएका छन् । आमाले थप जिम्मेवारीको भारी बोकाएर सदाका लागि बिदा भए ।

सुजनको शव बुझ्न उनका मामा टेकबहादुर कटुवाल दैलेखबाट काठमाडौं हिडेको सुजनको मामाको छोरी ज्योति कटुवालले जानकारी दिइन् ।
सुजनको मृत्युको खबरले कर्णाली सहित महाबु गाउँपालिकाको रानिवन गाउँ यतिबेला स्तब्ध बनेको छ । सुजनकाे घरमा आमा र एक भाई छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *