दुना टपरी बिक्री नभए जिम्मा लिने गोदावरीका मेयरको घोषणा – Nepal Press

दुना टपरी बिक्री नभए जिम्मा लिने गोदावरीका मेयरको घोषणा

कैलाली । कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले स्थानीय स्तरमा उत्पादित दुना टपरी बिक्री नभए आफूले जिम्मा लिने घोषणा गरेका छन् ।

गोदावरी नगरपालिका – ४ मा दुना टपरी बनाउने तालिमका क्रममा मेयर भट्टले यस्तो घोषणा गरेका हुन् । ‘स्थानीय स्तरमा दुना टपरी बनाए पश्चात् बजारमा बिक्री बितरण भई तालिममा सहभागीले लाभ लिने कुरामा हामी ढुक्क छौं, यदि अत्तरिया -धनगढी बजारमा उत्पादन दुना टपरी बिक्री बितरण हुन नसके गोदावरी नगरपालिका त्यसको बजारीकरण एवम् व्यवस्थापनको जिम्मा लिन्छ’ मेयर भट्टले भने ।

दुना टपरी तालिमले गाउँ बस्तीमा रहेका महिलाहरूलाई रोजगार सँग जोड्न भूमिका खेल्ने सहभागीहरूले अपेक्षा व्यक्त गरेका छन्।

महिला विकास कार्यक्रम अन्तरगत गोदावरी नगरपालिका – ४ को आर्थिक सहयोगमा बास्कोटा सामुदायिक वनले १ हप्ते तालिमको आयोजना गरिएको हो । दुना टपरी बनाउने तालिममा ३५ जना सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर