अमेरिका, अष्ट्रेलिया पढ्न जाने विद्यार्थीलका लागि सटही सुविधाको सीमा बढ्यो – Nepal Press

अमेरिका, अष्ट्रेलिया पढ्न जाने विद्यार्थीलका लागि सटही सुविधाको सीमा बढ्यो

काठमाडौं । अमेरिका,अष्ट्रेलिया, युरोप, क्यानडा र युरोपेली देशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीले १२ हजार डलरसम्मको सटही सुविधा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र २०७९ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि विद्यार्थीहरुलाई १० हजार डलरसम्मको सटहीको सुविधा दिइएको थियो ।

राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत प्रदान गरिने सटही सुविधाको दायरा पनि बढाएको छ । केन्द्रिय बैंकले जापान,दक्षिण कोरिया,युरोप महादेश,अमेरिका र क्यानडामा रोजगारीका लागि जाने कामदारलाई राहदानी बापत अधिकतम ५०० डलरको सटही सुविधाको व्यवस्था गरेको छ ।

यसअघि यस्तो सुविधा २०० डलर थियो । अन्य मुलुक जानेको हकमा भने अधिकतम २०० अमेरिकी डलर सटही गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै विद्युतीय माध्यमबाट जारी हुने भिसा र टिकटको आधारमा सोको प्रिन्ट संलग्न भई आएको आधारमा समेत सटही सुविधा उपलब्ध हुने एकिकृत परिपत्रमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *