जीप दुर्घटना हुँदा बाजुरामा एकजनाको मृत्यु, एक घाइते – Nepal Press

जीप दुर्घटना हुँदा बाजुरामा एकजनाको मृत्यु, एक घाइते

बाजुरा । गौमूल गाउँपालिकानजिकै मालिवनमा गएराति जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका-६ का जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से. १ ज ९८९ नम्बरको जीप मालिवन भन्ने ठाउँमा सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए ।

उनका अनुसार जीपमा सवार जय मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते छन् ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *