चन्द्र भण्डारीको दाबी- एनसेलमा पैसा नखाने संसदका कुनै समिति छैनन्, नबोले बापत पनि खान्छन् – Nepal Press

चन्द्र भण्डारीको दाबी- एनसेलमा पैसा नखाने संसदका कुनै समिति छैनन्, नबोले बापत पनि खान्छन्

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले एनसेल प्रकरणमा उच्च राजनीतिक र प्रशासनिक नेतृत्वमात्र नभएर संसदका समितिहरु पनि पैसामा बिकेको आरोप लगाएका छन् ।

एनसेल शेयर बिक्रीबारे प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा सांसद भण्डारीले अधिकार क्षेत्र मिचेर कतिपय समितिले यसबारे निर्ण गरेको भन्दै सबैले पैसा खाएको आरोप लगाए ।

भण्डारीले भने– विगतमा पनि मैले देखेको छु र भोगेको छु । अर्को समितिले गएर निर्णय गरेको छ । पैसा नखाने त कुनै पनि समिति नै भएनन् । मौन बस्न पनि यनिले पैसा माग्ने बिगतमा मैले देखेको छु ।

भण्डारीले अधिकारविहीन समितिहरुको चहलपहल र बहसमा कुनै खोट रहेको दावी गरे । अहिलेसम्म एनसेल प्रकरणमा राज्य व्यवस्था समिति र लेखा समितिले छलफल गरेर निर्देशन दिएका छन् ।

यस्ताे छ उनकाे भनाइ:

अब यो कुरा दोहोरिनु भएन । हामीलाई बाहिर पनि इमेज खराब भएको छ । जो बाहिरबाट आउँछन कसरी किन्न सकिन्छ भनेर लाग्छन् । म पहिले अर्थ समितिमा थिए । यति धेरै यिनिहरुले पैसा बाडे । नेपालका यति धेरै समितिहरु जसरी छविलाल जी ले भन्नुभयो । उसको अधिकार क्षेत्र नै पर्दैन । अर्को समितिले निर्णय गरेको छ ।

अर्को समितिले निर्णय गरेको छ । पैसा नखाने त कुनै समिति नै भएन । मौन बस्दा पनि यिनिहरुले पैसा बाडे मैले विगतमा देखेको अनुभव हो । गर्दा गर्दै राज्यका महत्वपुर्ण अंगले पनि दबाबमा तपाइलाई कर छुट दियौ भनेर पनि गरे । संयोगले अन्तराष्ट्रिय अदालतबाट मुद्धा जित्यौ ।

बाहिरकाले न्याय गर्ने आफ्नै देशभित्रकाले अन्याय गर्ने । स्तो नकच्चराको देश सभापति ज्यूले मैले देखेको छैन । मन्त्री ज्यूलाई पनि युवा देखे सचिवलाई पनि युवा देखे । यसलाई हेर्दै जाउला । नियत नै खराब भएपछि केहि गरे पनि हुदैँन । कानून राम्रो छ । व्यवस्थापन राम्रो छ । तर यो कुरा यो किन निस्कन्छ ? हाम्रो भित्रै समस्या छ ।

त्यसैले तपाइहरुले यसलाई खोजौ गम्भिर बनौ । अधिकार बिहिन समितिको जुन चहलपहल छ । जुन अधिकार बिहिन समितिमा बहस भइरहेको छ, त्यहाँ पनि कुनै खोट छ, यो खोटबाट निकालौ । सैद्धान्तिक तरिकाले लिपिद्ध गर्न सकेनौ भने सैद्धान्तिक कुरा स्पष्ट गरिसकेपछि समाधान हुन्छ । ।सैद्धान्तिक भनेको राजनीतिक होइन, राष्ट्रनीति हो । यसमा मन्त्री ज्यूको मूख्य जिम्मेवारी हो ।

 


प्रतिक्रिया

2 thoughts on “चन्द्र भण्डारीको दाबी- एनसेलमा पैसा नखाने संसदका कुनै समिति छैनन्, नबोले बापत पनि खान्छन्

  1. ईतिहाँसकै सबैभन्दा भ्रष्ट पार्टी काँग्रेसका मान्छेले अरूलाई पैसा खान्छन् भनेको सुहाएन । जुन पार्टीले नेपालमा भ्रष्टाचार भित्रायो, बेथिति र घुस खौरी भित्रायो, दुनियाँ प्रकरण गर्‍यो- उसैले अरूलाई आरोप लगाएको कस्तो नसुहाउने । माने कि नेपालमा यस्ता अनुसन्धान गर्ने समितिहरू भ्रष्ट नै हुने गर्छन् । तर यो कुरामा एनसेललाई बलिको बोको बनाउन खोजिएको हो । प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाहरूले पैसा खुवाउने काम गर्दैनन् ।

  2. जति पनि यस्ता भ्रष्टाचार पापीहरु छन मर्ने बेलामा हरिबिजोग भएर मरेको नेपाली जनताले देख्न पाऊ। भगवानसँग प्राथना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर