हिमालयन डिष्टिलरीको सिल्भर ओक बजारमा, ओक सिरिजमा अर्को एक नयाँ ब्राण्ड – Nepal Press

हिमालयन डिष्टिलरीको सिल्भर ओक बजारमा, ओक सिरिजमा अर्को एक नयाँ ब्राण्ड

काठमाडौं । नेपाली मदिरा उद्योग हिमालयन डिष्टिलरी लिमिटेडले ओक सिरिज मार्केटमा सिल्भर ओक नामक ह्वाइट स्पिरिटमा नयाँ ब्राण्डको मदिरा लन्च गरेको छ ।

हिमालयन डिस्टिलरीले गोल्डेन ओक, ब्ल्याक ओक र ब्लु ओक जस्ता चर्चित ब्रान्डहरु यसअघि नै नेपाली बजारमा ल्यायइसकेको छ । नयाँ उत्पादन सिल्भर ओकले उपभोक्ता माझ फरक स्वाद र अनुभव प्रदान गर्ने विश्वास लिएको छ ।

हिमालयन डिस्टिलरीका सीईओ निरज सुवेदीले नयाँ उत्पादनको बारेमा उत्साह व्यक्त गर्दै भने, ‘एचडीएले उपभोक्ता केन्द्रित इनोवेशनमा मजबुतीका साथ कार्य गर्ने गरेको जसका कारण हामीले बजारको गतिशीलता बुझ्न र नयाँ अन्तर्दृष्टि प्राप्त गर्ने तर्फ निरन्तर अनुसन्धानमा संलग्न छौं ।

सिल्भर ओकले उपभोक्तालाई अलगै वर्गको छुट्टै स्वाद प्रदान गर्नुको साथै बजारमा हाम्रो उपस्थितिलाई उल्लेखीय रुपमा बद्धोतरी हुने तर्फ हामी आस्वस्त रहेका छौ ।’

‘हामी उपभोक्ताहरूलाई नयाँ अनुभव दिन चाहन्छौं, त्यसैले हामीले ओक परिवारमा ध्यान केन्द्रित गरेका छौं र ब्राण्ड विस्तार गरेका छौं । उच्चस्तरको शुद्धता प्राप्तीका लागि टुवेल–कोलम डिस्टिलेसनबाट उत्पादित ग्रेन ई.एन.ए ब्लेन्डबाट सिल्भर ओक उत्पादन गरीएको छ । सिल्भर ओकलाई स्मुथ फिनिशिङ्गका लागि क्राफ्ट गरिएको छ, उपभोक्ताले सेवन गर्दा यसलाई महसुस गर्न सक्नेछन’, ब्राण्ड म्यानेजरले भने ।

हाल सिल्भर ओक ७५० एमएल, ३७५ एमएल र १८० एमएलका बोतलहरूमा बजारमा उपलब्ध छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर