‘आइएमई पे’ कन्दरा सांगीतिक ब्यान्ड कन्सर्टको टिकेटिङ पार्टनरमा रहने – Nepal Press

‘आइएमई पे’ कन्दरा सांगीतिक ब्यान्ड कन्सर्टको टिकेटिङ पार्टनरमा रहने

काठमाडौं । नेपालको डिजिटल वालेट ‘आइएमई पे’ कन्दरा सांगीतिक ब्यान्ड कन्सर्टको एक मात्र टिकेटिङ पार्टनरको रुपमा रहने भएको छ ।

कन्दरा सांगीतिक ब्यान्डले नेपाल सरकारको आन्तरिक पर्यटकीय अभियान ‘पहिला घरदेश, अनि परदेश–आन्तरिक पर्यटनको प्रवर्द्धन’ सन्देश लिइ नेपालका ८ स्थानमा सम्पन्न गर्न लागेको कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर रुपमा आइएमई पे रहने भएको हो ।

‘हङ्गकङ्ग पोखरा’, ‘तगारोमा रूमाल’, ‘लेककी हे माया’, ‘तिमी पारी’, ‘डाँडापारी’ आदि कालजयी गीतहरू प्रस्तुत गरी नेपाली फोक–पप संगीतमा आफ्नो अमिट छाप छोडेको कन्दरा ब्यान्डले यही पुस २७ गते पोखराको पोखरा प्रदर्शनी केन्द्रबाट आफ्नो प्रत्यक्ष सांगीतिक कार्यक्रम सुरू गर्दैछ ।

पहिलो कार्यक्रम पोखराबाट सुरू गरी अन्तिम कार्यक्रम काठमाडौंमा समापन गर्ने लक्ष्य कन्दरा ब्यान्डको व्यवस्थापन कम्पनी एल्फा स्क्वायरले जनाएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा हुन लागेको कार्यक्रममा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग, पर्यटन, बन, तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा प्रज्ञा(प्रतिष्ठान, लाइन्स क्लब अफ पोखरा-सामीप्य, आदि संघ-संस्थाले प्रवर्द्धन गरिरहेका छन् भने सो कन्सर्टको एकमात्र एक्सक्लुसिव टिकेटिङ पार्टनर रुपमा आइएमई पे आबद्ध भएको छ, जसले आफ्नो आधिकारिक मोबाइल एपबाट टिकट विक्री गर्ने छ ।

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, ‘कन्दरा ब्यान्डले नेपाली फोक–पप संगीतको क्षेत्रमा पुर्याएको योगदान र नेपाली कला संगीतबाट नेपालको आन्तरिक पर्यटनका लागि गरिरहेको यो अभियान–पहिला घरदेश, अनि परदेशको नारालाई हामी आइएमई समूह पनि उत्तिकै गर्विलो तवरले वहन गर्दै कन्दराको प्रत्यक्ष कार्यक्रममा सहभागि भइ टिकटको बिक्री वितरण गर्दा हामी सङ्गीतको क्षेत्र, पर्यटनको क्षेत्र, र समग्र नेपालको आर्थिक क्षेत्रमा नै योगदान गरिरहेको महसुस गरेको छु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर