लुम्बिनीमा प्रधानमन्त्री कप क्रिकेट सुरु – Nepal Press

लुम्बिनीमा प्रधानमन्त्री कप क्रिकेट सुरु

रुपन्देही । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

भैरहवास्थित सिद्धार्थनगर क्रिकेट स्टेडियममा बिहीबार प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले प्रतियोगिता उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा सदस्यसचिव भट्टराईले रुपन्देही क्रिकेट खेलको उर्बरभूमि भएको बताए ।

पहिलोपटक प्रदेश छनोट हुन गैरहेको भन्दै सरकारी र निजीस्तरबाट समेत खेलकुद पूर्वाधार र विकासका गतिविधि अघि बढेको उनले बताए ।

त्यस्तै रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले क्रिकेटको गतिविधि पछिल्लो समय बढेको बताए ।

जिल्ला छनोटबाट प्रदेश हुँदै राष्ट्रिय टीममा अवसर पाउने वातावरण सृजना भएको उनले दाबी गरे ।

प्रदेश टीमका मुख्य छनोट संयोजक धिरज अधिकारीले सबै जिल्लाबाट उत्कृष्ट खेलाडीहरुलाई प्रदेश टीममा अवसर दिने बताए ।

छनोट खेल पुस १२ देखि २२ गतेसम्म चल्ने प्रदेश सदस्य तथा संयोजक प्रथम पराजुलीले बताए । छनोट खेलअन्तर्गत सिद्धार्थनगरमा कपिलवस्तु, परासी, पाल्पा र रुपन्देही जिल्ला तथा लमहीमा बाँके, बर्दिया र दाङ जिल्लाको खेल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर