गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ बनाउने सरकारको निर्णय – Nepal Press

गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ बनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

यस्तै बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सदस्यसचिवमा महेश भट्टराईलाई नियुक्त गरेको पनि उनले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर