प्रधानमन्त्री कार्यालयमा ६८ कर्मचारीको दरबन्दी कटौती गर्ने सरकारको निर्णय
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८० पुष १२ गते १६:४६
![](https://www.nepalpress.com/wp-content/uploads/2023/10/Rekha-Sharma.jpg)
काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासहितको व्यवस्थापन गर्ने निर्णय भएको प्रवक्ता रेखा शर्माले बताइन् ।
उनले भने, ‘प्रधानमन्त्री कार्यालयको ६८ जना कर्मचारीको दरबन्दी कटौती भएको छ । प्रधानमन्त्री कार्यालयमा रहनुभएको साथीहरु अब अन्यन्त्र कामकाजमा जानुहुन्छ । प्रधानमन्त्रीज्यूले एक वर्ष पुगेको अवसरमा जुन सम्बोधन गर्नुभयो । त्यो बेलामा प्रधानमन्त्री कार्यालयका पुनर्संरचना गर्छुु भन्नुभएको थियो, आज यहाँबाट सुरुवात भयो । हामी विस्तार गरेर जान्छौं ।’
प्रतिक्रिया
सम्बन्धित खवर