कर्णालीको ३ सीटमा कांग्रेसका ८६ आकांक्षी, दूधकुमारीदेखि रामछायासम्म सिफारिस (सूचीसहित) – Nepal Press

कर्णालीको ३ सीटमा कांग्रेसका ८६ आकांक्षी, दूधकुमारीदेखि रामछायासम्म सिफारिस (सूचीसहित)

सुर्खेत । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस कर्णाली प्रदेशले आकांक्षीहरूको नाम सिफारिस गरेको छ । कर्णालीमा अन्य, महिला र दलित गरी तीन क्लस्टरमा निर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य निर्वाचन आउँदो माघ ११ गतेलाई तोकिएको छ ।

सोही निर्वाचनको लागि कांग्रेस प्रदेश कार्यसमितिको बैठकले ८६ जनाको नाम सिफारिस गरेको छ । कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीका अनुसार हाइप्रोफाइल नेताहरुले पनि राष्ट्रियसभामा जाने आकांक्षा देखाएका छन् । गठबन्धनअनुसार कर्णालीमा कांग्रेसले एक सीट पाउनेछ ।

प्रवक्ता शाहीका अनुसार हुम्लाबाट कुनै पनि आकांक्षीको नाम आएन । हुम्लामा योग्यता एवं क्षमता भएका नेताहरु भए पनि अन्य ठाउँका उम्मेदवारलाई यो पटक अवसर दिने निर्णय लेखेर पठाएको शाहीले बताए ।

त्यस्तै प्रदेश सभापति ललितजंग शाहीले पनि अरूलाई अवसर दिने भन्दै आफ्नो नाम फिर्ता लिएका छन् । प्रदेशले सिफारिस गरेको सूचीमा शाहीसहित कर्णालीका पूर्वराज्यमन्त्री हस्तबहादुर मल्ल, पूर्वसांसद दूधकुमारी हमाल, पूर्वमन्त्री दिनबन्धु श्रेष्ठ, हिमबहादुर शाही र पूर्वराज्यमन्त्री गोपालजी जंग शाहको नाम समावेश छ ।

अन्यमा ५६, महिलामा १६ र दलितमा १२ जनाको नाम सिफारिस गरिएको प्रदेश समितिले जनाएको छ । जसमा सुर्खेतबाट २३, दैलेखबाट ९, कालीकोटबाट ९, रुकुम पश्चिमबाट १०, जुम्लाबाट ७, डोल्पाबाट ७, मुगबाट १, जाजरकोटबाट ७ र सल्यानबाट १३ जनाको नाम सिफारिस गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर