उद्योगको बिजुली काटेको विषयमा कुलमानको प्रष्टीकरण- बक्यौता नतिरे अझै काट्छौं – Nepal Press

उद्योगको बिजुली काटेको विषयमा कुलमानको प्रष्टीकरण- बक्यौता नतिरे अझै काट्छौं

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेर बक्यौता रहेका उद्योगहरूको लाइन काटिएको विषयमा प्रष्टीकरण दिएको छ । कार्यकारी निर्देशक कुलमानले पत्रकार सम्मेलनमार्फत बिजुली काटिएपछि भइरहेका आलोचना प्रष्ट पार्न पत्रकार सम्मेलन आयोजना गरिएको बताए ।

प्राधिकरणले हालै लाइन काटिएका ९ उद्योगको करिब १२ अर्ब ५० करोड रूपैयाँ बराबरको बक्यौता रहेको जनाएको छ । बक्यौता रहेका अन्य उद्योगको पनि क्रमश: बिजुली काट्दै जाने जाने रणनीतिमा कुलमानले बताए ।

सर्वसाधारणले विगतमा दैनिक १७/१८ घण्टासम्मको लोडसेडिङ व्यहोरिरहेको बेला २३९ औद्योगिक, व्यापारिक र गैह्र व्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टाभन्दा बढी उपभोग गरिरहेका थिए । २३९ ग्राहकमध्ये १७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रंक लाइन वापतको प्रिमियमसहितको विद्युत महसुल भुक्तानी गरिसकेको प्राधिकरणले जनाएको छ ।

बिजुली काटिएका उद्योगहरूमा जगदम्बा स्टिलको ४ अर्ब १४ करोड, घोराही सिमेन्टको १ अर्ब ३६ करोड, रिलायन्स स्पिनिङ मिल्सको १ अर्ब ९४ करोड र अर्घाखाँची सिमेन्टको १ अर्ब ३० करोड, लक्ष्मी स्टिलको ७४ करोड १० लाख, सर्वोत्तम सिमेन्टको ६८ करोड ९० लाख, अशोक स्टिलको ७४ करोड ५० लाख, सोनापुर मिनरल्स एण्ड आयलको ६१ करोड २० लाख र त्रिवेणी स्पिनिङ मिल्सको ८६ करोड ९० लाख रूपैयाँ बक्यौता बाँकी छ ।

डेडिकेटेड तथा ट्रंक लाईनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरुको २०८० मंसीर मसान्तसम्म कुल २२ अर्ब २४ करोड बक्यौता रहेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले २०७६ चैत्र ५ गते विराटनगरबाट केही उद्योगहरूको विद्युत लाइन बिच्छेद थालेपछि तत्कालीन मन्त्रिपरिषद्को २०७६ पुस २१ गतेको निर्णयबमोजिम ऊर्जा, जलस्रोत तथा सिंचाइ, अर्थ, उद्योग मन्त्री र सोही मन्त्रालयका सचिवको बैठकले कोरोना महामारीको कारण देखाउँदै थप निर्णय नहुञ्जेल विद्युत लाइन नकाट्ने निर्णय गरेको थियो ।

यस्तो छ प्राधिकरणको विज्ञप्तिको पूर्णपाठ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर