कोशी प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको प्ले अफमा – Nepal Press

कोशी प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको प्ले अफमा

काठमाडौं । कोशी प्रदेशले प्रधानमन्त्री कप महिला क्रिकेटको प्ले अफमा स्थान बनाएको छ।

बिहीबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै कोशीले शीर्ष-४ भित्र स्थान सुरक्षित गरेको हो ।

६ खेलबाट १० अंक भएको कोशी दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको एपीएफको पनि १० अंक तर कोशीभन्दा एक खेल कम खेलेको छ।

सुदूरपश्चिम प्रदेशको ६ खेलबाट ८ र बागमती प्रदेशको ५ खेलबाट ६ अंक छ।

चापौँ स्थानमा रहेको लुम्बिनी प्रदेशको ६ खेलबाट ४ अंक भएकाले कोशीले एक खेल बाँकी रहँदै प्ले अफमा ठाउँ बनाएको हो ।

कीर्तिपुर क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ३ विकेट गुमाएर एक सय १८ रन जोडेको थियो ।

सुदूरपश्चिमका लागि विन्दु रावलले ३३, सम्झना खड्काले २७ र कविता जोशीले २६ रन जोडे। रेवती धामीले पनि २० रन बनाइन् ।

कोशीले १७.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । रुविना क्षेत्रीले ५१ र काजल श्रेष्ठले ५४ रन बनाए । उनीहरूले पहिलो विकेटका लागि एक सय १८ रनको साझेदारी गरेका थिए ।

काजल प्लेयर अफ दी म्याच घोषित भइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर