राष्ट्रिय सभा निर्वाचन : ३ सीटका लागि कांग्रेस गण्डकीले पठायो १७८ नाम, पूर्वमुख्यमन्त्रीदेखि प्रदेश सभापतिसम्म – Nepal Press

राष्ट्रिय सभा निर्वाचन : ३ सीटका लागि कांग्रेस गण्डकीले पठायो १७८ नाम, पूर्वमुख्यमन्त्रीदेखि प्रदेश सभापतिसम्म

पोखरा । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस गण्डकी प्रदेशले आकांक्षीहरूको नाम सिफारिस गरेको छ ।

राष्ट्रिय सभा निर्वाचन आउँदो माघ ११ गते हुदैछ । गण्डकीमा तीन क्लस्टरमा निर्वाचन हुनेछ । अन्य, महिला र अपाङ्गता/अल्पसंख्यकमा १/१ गरी तीन पद रिक्त हुँदैछ । कांग्रेस प्रदेश कार्यसमितिको बुधबार बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि १ सय ७८ जनाको सिफारिस गरेको छ ।

उक्त सूचीमा प्रदेश समितिका अध्यक्ष शुक्रराज शर्मा पनि छन् । उनीसहित गण्डकीका पुर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र पूर्वमन्त्री रोमी गौचनको नाम पनि उक्त सूचीमा समावेश छ ।

अन्य पदमा १०७, महिला पदमा ४३ र अपाङ्गता/अल्पसंख्यक २८ जनाको नाम सिफारिस गरिएको छ । कास्कीबाट ४३ जना, गोरखाबाट १६, तनहुँबाट १७, नवलपुरबाट २२, पर्वतबाट १४, बागलुङबाट २४, मनाङबाट २, मुस्ताङबाट ६, म्याग्दीबाट ५, लमजुङबाट १० र स्याङजाबाट १९ जनाको नाम सिफारिस गरिएको हो ।

गण्डकी प्रदेशबाट निर्वाचित भई राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्यहरू दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० मा सकिँदैछ । अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट तथा पन्थ कांग्रेसबाट निर्वाचित भएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर