प्रधानमन्त्री प्रचण्ड, विप्लव र उपेन्द्रविरुद्ध विचाराधीन मुद्दामा समाजवादी मोर्चाकाे के भयो निर्णय ? – Nepal Press

प्रधानमन्त्री प्रचण्ड, विप्लव र उपेन्द्रविरुद्ध विचाराधीन मुद्दामा समाजवादी मोर्चाकाे के भयो निर्णय ?

काठमाडौं । समाजवादी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेत्रविक्रम चन्द विप्लव तथा उपेन्द्र यादवविरुद्ध भएको मुद्दाहरुबारे भएका राजनीतिका सहमतिहरु न्यायालयसमक्ष जानकारी गराउने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डेले जानकारी दिए ।

राजनीति र अदालतले कार्य गर्ने शैली फरक पर्ने तर राजनीतिक मुद्दाका विषयमा दलहरुबीच भएका सम्झौताहरु सरकारलाई तथा न्यायालयलाई जानकारी गराउने सहमति भएको पाण्डेले जनाए ।

उनले भने, ‘अहिले भर्खरै सम्माननीय प्रधानमन्त्रीकै विरुद्धमा पनि अदालतमा मुद्दा छ । विचाराधीन छ । उपेन्द्र यादव जी को विरुद्धमा पनि छ । केही दिन अघि विप्लव कामरेडका विरुद्धमा मुद्धा रहेको र गिरफ्तार गर्न आदेश पनि आएको थियो । चरण चरणामा सरकारले गरेको सहमति तथा सम्झौता कार्यान्वयनका लागि अनुरोध गर्ने निर्णय भएको छ ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर