आइएमई पे बाट शुल्क भुक्तानी गर्दा एजुकेशन पार्कमा ५० प्रतिशत छुट – Nepal Press

आइएमई पे बाट शुल्क भुक्तानी गर्दा एजुकेशन पार्कमा ५० प्रतिशत छुट

काठमाडौं । नेपालको डिजिटल वालेट ‘आइएमई पे’ र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता भएको छ ।

‘आइएमई पे’ र एजुकेशन पार्कबीच विद्यार्थीहरुलाई ‘आइईएलटिएस’ र ‘पिटिई’ को तयारी कक्षामा ५० प्रतिश छुट दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार सिभिल मल काठमाडौंको आठौं तलामा रहेको एजुकेशन पार्कमा ‘आइईएलटिएस’ र पिटिईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पे मार्फत कक्षाको शुल्क भुक्तानी गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यहि पुस ६ गतेबाट लागु भएको योजनाको अवधि तीन महिनाको हुनेछ ।

आइईएलटिएस र पिटिई कक्षामा अग्रणी एजुकेशन पार्क र नेपालको पहिलो भुक्तानी प्रदायक आईएमई पे बीचको योजनाले कक्षा लिन चाहने विद्यार्थीहरुलाई अझ सहज हुने कुरामा दुबै कम्पनीले विश्वास लिएका छन् ।

३ महिना अवधिको योजना भएता पनि पहिला कक्षा बुक गर्ने विद्यार्थीहरुले आफ्नो समय अनुसारको कक्षाको छनौट गर्न सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर