दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम सवा ५ अर्बमा झर्‍यो – Nepal Press

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम सवा ५ अर्बमा झर्‍यो

काठमाडौं । लगातार कारोबारको तेस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ ।

बुधबार नेप्से परिसूचक १७.२३ अंकले घटेर २०७०.८४ बिन्दुमा अडिएको छ । यसदिन बजारमा १ करोड ४३ लाख ३७ हजार ७३८ कित्ता सेयरको खरिदविक्री हुदाँ ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६११ रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन आईतबार मात्रे २१.०३ अंकले घटेको बजारमा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँको कारोबार भएको थियो ।

आज नेपाल इन्स्योरेन्स, इन्फीनिटी लघुवित्त वित्तीय संस्था, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र चिरखवा हाइड्रोपावर लिमिटेड सर्वाधिक नाफाका साथ सकारात्मक सकिर्टमा छ । बीपीडब्लू वित्तीय संस्था लिमिटेड सर्वाधिक घटाका साथ नेगेटिभ सकिर्ट लागेको छ ।

कारोबारका आधारमा सोनपुर मिनरल्स एण्ड आयल १९ करोड ६६ लाख ६४ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर