बिहीबारबाट सुरु हुने आठौं घरजग्गा मेलाको तयारी पूरा (भिडिओ) – Nepal Press

बिहीबारबाट सुरु हुने आठौं घरजग्गा मेलाको तयारी पूरा (भिडिओ)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा हुने आठौं घरजग्गा मेलाको तयारी पूरा भएको छ ।

पुस १२ देखि १५ गतेसम्म सञ्चालन हुने आठौं घरजग्गा मेलाको सम्पूर्ण तयारी पूरा भएको नेपाल जग्गा तथा आवास विकास संघले जनाएको हो ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले मेला १२ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने र मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।

उनले मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने बताए । उनले क्रेता र बिक्रेताहरुका लागि यो मेला महत्वपूर्ण र लाभदायी हुने बताए । उनले अहिलेको अवस्थामा आर्थिक अवस्थालाई चलायमान बनाउने उद्देश्य राखेर मेला सञ्चालन गरिएको बताए ।

अध्यक्ष धमलाले यस पटकको मेलामा पनि डेढ लाखसम्म अवलोकन कर्ताले अवलोकन गर्ने अपेक्षा लिएको बताए । उनले मेलामा २५ वटा स्टल घरजग्गासँग सम्बन्धित रहने र बाँकी घरजग्गासँग सम्बन्धित बैंक फाइनान्स, इन्स्योरेन्स कम्पनी, होम एप्लाइन्सका कुरा, टायल्स, सेनिटरी लगायतका स्टलहरु रहने बताए ।

‘मेला १२ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ । यसको सबै तयारी पूरा भइसकेको छ । १० बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ । घर जग्गा सम्बन्धी सबै जानकारी पाउनु हुनेछ । यसमा सेवामुलक हो, यसमा कुनै टिकटको व्यवस्था छैन । यो क्रेता र बिक्रेताहरुका लागि राम्रो स्थान हो । अहिलेको अवस्थामा आर्थिक अवस्थालाई चलायमान बनाउने उद्देश्य रहेको छ । घर बेच्नेलाई पनि कहाँ गएर बेच्ने भन्ने समस्या थियो भने किन्नेहरुलाई पनि कहाँ गएर किन्ने भन्ने समस्या थियो’, उनले भने, ‘कस्तो प्रविधिको घर किन्दा राम्रो हुन्छ, भन्नेकुराहरु यो घर जग्गा मेलाबाट प्राप्त गर्नसक्छौँ । घर जग्गा मेलाबाट बायर्स र सेलर्स दुवैलाई लाभ हुनेछ । हामीले एक लाखदेखि एक लाख पचास हजारकै हाराहामीमा अवलोकन कर्ता आउने अपेक्षा छ । घर जग्गासँग सम्बन्धित सबै प्रोडक्टहरु मेलामा हुनेछन् । २५ वटा स्टल घरजग्गासँग रिलेटेड छन् भने अरु अरु प्रोडक्ट छन् । बैंक फाइनान्स, इन्स्योरेन्स कम्पनी, होम एप्लाइन्सका कुरा, टायल्स, सेनिटरी सबैकुरा छन् । प्रविधिका जानकारी पनि पाउनुहुन्छ । यो ठाउँमा आएर सबैकुरा बुझ्न सक्नुहुन्छ ।’

अध्यक्ष हमालले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिने पनि बताए । उनले यस वर्ष २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने अपेक्षा राखेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर