माओको १३० औँ जन्मोत्सवमा सीको चेतावनी- कुनै हालतमा ताइवानलाई अलग हुन दिइन्न – Nepal Press

माओको १३० औँ जन्मोत्सवमा सीको चेतावनी- कुनै हालतमा ताइवानलाई अलग हुन दिइन्न

काठमाडौँ । चीनबाट ताइवानलाई कुनै हालतमा अलग हुन नदिने चिनियाँ राष्ट्रपति सी चिनफिङले चेतावनी दिएका छन् ।

चिनियाँ समाचार एजेन्सी सिन्हुआका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको आयोजनामा भएको कार्यक्रममा सिले चेतावनी दिँदै भनेका छन्, ‘ताइवानलाई चीनबाट अलग्याउने जो कसैलाई हामी रोक्छौँ ।’

चिनियाँ जनता र चीन देश दुवैको लागी चीन र ताइवान एकता अपरिहार्य भएको सिले बताएका छन् ।

जनवादी गणतन्त्र चीनका संस्थापक माओ जेदुङको १३० औँ जन्मोत्सवको अवसरमा मङ्गलवार चीनको राजधानी बेइजिङमा भएको एक पार्टी गोष्ठीमा सिले यस्तो बताएका हुन् ।

चीनबाट १८० किलोमिटरको दूरीमा रहेको ताइवान जनवादी गणतन्त्र चीन सन १९४९ अक्टोबर १ मा घोषणा हुँदा अलगरुपमा शासित भएको थियो ।

तत्कालीन सत्ताधारी दल कोमिनताङ र तीनका शासक चेङ काइसेक चीनबाट भागेर ताइवान पुगेर त्यसै सत्ता कायम गरेका थिए ।

सिले दिएको मङ्गलवारको चेतावनीलाई रुसी विश्व च्यानल आरटीले प्राथमिकताका साथ प्रकाशन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर