‘मानव तस्करी’ गर्ने जहाज फ्रान्सबाटै भारत फिर्ता – Nepal Press

‘मानव तस्करी’ गर्ने जहाज फ्रान्सबाटै भारत फिर्ता

काठमाडौं । ३०० भारतीय यात्रु बोकेको एक चार्टड विमान भारत फिर्ता भएको छ । बीबीसीका अनुसार एयरबस ए ३४० कल साइन भएको उक्त हवाइजहाज लिजेण्ड एयरलाइन्सको हो । जहाज मंगलबार बिहान भारतको मुम्बईमा अवतरण भएको हो ।

जहाज बिहीबारबाट फ्रान्समा अनुसन्धानका लागि रोकिएको थियो । एक अज्ञात सूत्रले जहाजमा मानव तस्करी भएको सूचना दिएपछि जहाज रोकिएको थियो । २७६ यात्रु भारत आएका छन् भने दुई बालबालिकाहरूसहित २५ जना फ्रान्समै बसेको बताइएको छ ।

संयुक्त अरब इमिरेटबाट ल्याटिन अमेरिकी देश निकारागुआतर्फ उडेको जहाज मानव तस्करी भएको सूचना पाइएपछि फ्रान्समा रोकिएको थियो । रोमानियाको लिजेण्ड एयरलाइन्सको उक्त हजार एयरलाइन्सका चार जहाजमा एक भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर