सुरुङमार्ग निर्माणका लागि सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने – Nepal Press

सुरुङमार्ग निर्माणका लागि सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने

रुपन्देही । पाल्पाको दोभान क्षेत्रमा रहेको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

सुरुङ मार्ग निर्माण गर्नुपर्ने भएकोले पुस १६ गतेबाट राजमार्ग दैनिक ६ घण्टा बन्द गर्न थालिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिएका छन् ।

राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जनाइएको छ । तर अत्यावश्यक सवारी साधनलाई भने कुनै रोक लगाइएको छैन । सो सडक खण्डमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङ निर्माणको काम गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीको कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले सडक बन्द हुनेबारे सूचना प्रभावकारी रूपमा सम्प्रेषण गर्ने निर्णय गरेको छ । बैठकले सम्बन्धित नियामक निकाय, यातायात सेवा कम्पनी र राजमार्ग प्रयोगकर्तालाई पूर्ण जानकारी गराउने निर्णय समेत गरेको छ ।

सुरुङ निर्माणको काम गर्दा यातायात सञ्चालन गर्दा जोखिम हुने भएकाले राति सडक बन्द गरेर काम गर्न लागिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *