सडक निर्माणमा भएको ढिलासुस्तीविरुद्ध रास्वपाको दबाब यात्रा – Nepal Press

सडक निर्माणमा भएको ढिलासुस्तीविरुद्ध रास्वपाको दबाब यात्रा

काठमाडौं । नारायणगढ-बुटवल खण्ड विस्तारमा ढिलाइ भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले दबाब यात्रा थालेको छ । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटस्थित भृकुटीचोकबाट सुरु भएको यात्रा अहिले कावासोती पुगेको हो ।

निर्धारित समयमा सडक विस्तार नहुँदा स्थानीयलाई समस्या परेको भन्दै सडक चाँडो निर्माण गराउन दबाब दिन यात्रा थालिएको समभापति लामिछानेले बताए । दुई पटक म्याद थप गर्दासमेत समयमा सडक विस्तारको काम नसकिने देखिएपछि दबाब दिन रास्वपाले यात्रा थालेको हो ।

पैदल यात्रा गरेर तीन दिनमा बुटवल पुग्ने तयारीमा छ। यात्रामा सभापति लामिछानेसहित सांसदहरु मनिष झा, हरि ढकाल, निशा डाँगी, नेता दिपक बोहोरालगायत नेताहरु सहभागी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर