गृहमन्त्रीलाई प्रमाण दिएँ तर सुन तस्करकै संरक्षण गरे, तपाईंको सुशासन तपाईंलाई नै मुबारक : रवि लामिछाने (भिडिओ) – Nepal Press

गृहमन्त्रीलाई प्रमाण दिएँ तर सुन तस्करकै संरक्षण गरे, तपाईंको सुशासन तपाईंलाई नै मुबारक : रवि लामिछाने (भिडिओ)

‘म यो सरकार र गृहमन्त्रीको रेसमा छैन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुन तस्करीको प्रमाण दिँदा पनि तस्करकै संरक्षण गरेको आरोप लगाएका छन्।

चितवनको नारायणगढमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले सुन तस्करीको प्रमाण सिंहदरबारस्थित गृहमन्त्रीको क्याबिनमै पुगेर देखाएको बताए।

त्यसबारे उनको भनाइ जस्ताको त्यस्तैः

मैले सदनमा नै सुन तस्करीको सूचना भएको जानकारी गराएको थिएँ। धेरैले सूचना भएको मान्छेले दिनुपर्छ भन्नुभयो। मैले कुन सूचना कहाँ दिने भन्ने ध्यान र ज्ञान राख्नुपर्छ। मैले गृहमन्त्रीज्यूलाई गएर नै तपाईँको निकटमा रहेको मान्छे जो अध्यागमनको डिजी हुनुहुन्छ।

झलकराम अधिकारी उहाँको संलग्नता देखिएको छ, उहाँले दावा भन्ने मान्छे जो सुन तस्करीको नाइके यो यो सामानमा सुन आयो है भन्दै पठाउनुभएको छ। (रविले प्रमाण देखाउँदै पत्रकारहरूसँग भने)

अहिले छानबिनको लागि जहाँ गएर छापा मारियो छारिय । यी सामान छ कि छैन हेर्नुस्। केके सामान गएका छन्। यो काम कसले गर्‍यो झलकराम सुवेदीले गर्नुभयो। उहाँ गृहमन्त्रीको नजिकको मान्छे। उहाँलाई यो मोड्नुपर्‍यो राजस्व अनुसन्धानले त राम्रो काम गरेको थियो। मैले गृहमन्त्रीको क्याबिन, सिंहदरबारमा गएर यी सब चिज देखाए उहाँलाई त गज्जब भयो। उहाँले कारबाही गर्नुहोला भनेको त ।

गृहमन्त्रीजीले उहाँलाई मन्त्रालय तान्नुभयो छानबिन गरेजस्तो गर्नुभयो सकियो त्यसपछि। उहाँ ९गृहमन्त्री०लाई त त्यो अनुसन्धान प्रहरीतिर ल्याउनु थियो। उहाँहरु मान्छेलाई सायद जोगाउनु थियो होला। अहिले पनि सरकार फेरबदल हुन लाछ, यो गृहमन्त्री हुन जान लाग्यो कि क्या हो, यसलाई त ठेल्नुपर्छ कि क्या हो भन्ने सोच उहाँलाई भएको होला। तपाईँको सरकार तपाईँलाई मुबारक। म त्यो रेसमा पनि छैन, यो गठबन्धनको रेसमा पनि छैन ।

मलाई त्यसमा कुनै चासो छैन । तपाईँ सम्हाल्नुस् । अहिले मात्रै होइन बाचुन्जेल गृहमन्त्री खानुहोला । भलै तपाईँलाई गृहमन्त्री बन्नको लागि चुनाव हारे पनि जित्नु परेन तर म यो देशको सबैभन्दा धेरै मत ल्याएको सांसदको हैसियतले भन्न चाहन्छु गृहमन्त्रीज्यू तपाईँ आफ्नो मान्छेहरूलाई जोगाउनुहोला ।


प्रतिक्रिया

One thought on “गृहमन्त्रीलाई प्रमाण दिएँ तर सुन तस्करकै संरक्षण गरे, तपाईंको सुशासन तपाईंलाई नै मुबारक : रवि लामिछाने (भिडिओ)

  1. हावा खुस्केको दिमाखको कुरा, हावा तरिकाले नै समचार बनाएर, पत्रकार र पत्रकारिताको आफ्नै भएको गुडविल सिध्याउने काम वाहेक केही होइन । काम गर्ने हो, गरेर देखाउने हो । तर राम्रो काम गरिराखेको मन्त्रीलाई उडाउने, जोकोही हैसियत नै सकिएकाहरुले जे बोले पनि समचार बनाउनु, सम्पादक र पत्रकाको नै बेज्जत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर