झाँगाझोलीमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, वीपी राजमार्ग अवरुद्ध – Nepal Press

झाँगाझोलीमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, वीपी राजमार्ग अवरुद्ध

सिन्धुली । वीपी राजमार्गको झाँगाझोली रातमाटा खण्डमा यात्रुवाहक बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मोटरसाइकल चालक अन्दाजी २४/२५ वर्षको युवकको मृत्यु भएको छ । यस्तै मोटरसाइकल पछाडि सवार खोटाङको दिक्तेल-१० बस्ने १८ वर्षीया मुनकला राई रहेको प्रहरीले जनाएको छ ।

बस चालक रामेछाप मन्थली १३ का २४ वर्षीय रुपेश अधिकारी र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वागमती प्रदेश ०१ ००६ ख ४५९३ नम्बरको बसको भित्र पसेको मोइटरसाइकलका चालक र पछि बसेका दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो भयंकर दुर्घटनापछि राजमार्गमा सवारी आवागमन रोकिएको छ ।


प्रतिक्रिया

One thought on “झाँगाझोलीमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, वीपी राजमार्ग अवरुद्ध

  1. सवारीसाधन को गति मापन गरेर तोक्न ट्राफिक कार्यालयलाई अनुरोध नियम नमान्यलाई कारबाही होस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *