करिब ४ महिनाको अवधिमा बारा प्रहरीले १ करोड बढीको प्याज नियन्त्रणमा लियो – Nepal Press

करिब ४ महिनाको अवधिमा बारा प्रहरीले १ करोड बढीको प्याज नियन्त्रणमा लियो

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले १ करोड भन्दा बढीको अवैध प्याज नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बारा मातहतबाट खटिएको प्रहरी टोलीले गत भाद्रदेखि अहिलेसम्म १ करोड १५ लाख ८ हजार ७ सय रुपैयाँ बराबरको अवैध प्याज नियन्त्रणमा लिएको हो ।

विभिन्न मितिमा नियन्त्रणमा लिइएको प्याज राजश्व कार्यालय पथलैया बारामा बुझाइएको प्रवक्ता दधिराम न्यौपानेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर