कपिलवस्तुमा गाईको मासु भाग लगाउँदै गरेका ३ जना पक्राउ – Nepal Press

कपिलवस्तुमा गाईको मासु भाग लगाउँदै गरेका ३ जना पक्राउ

रूपन्देही । कपिलवस्तुको वाणगंगामा गाई काटेर मासु भाग लगाउँदै गरेका ३ जना पक्राउ परेका छन् ।

वाणगंगा वडा नं १० भावपुर बस्ने वर्ष २० को सुरज बिकको घरमा गाईको मासु काटेर भाग लगाउँदै गर्दा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बुद्धभूमि- १० हरिहरपुर बस्ने वर्ष ५५ का बर्साती थारू, रूपन्देही कञ्चन गाउँपालिका- ५ भैसियाई बस्ने वर्ष ३० का श्रीधर टमटा र वाणगंगा- १० भावपुर बस्ने वर्ष २० का सुरज बिक रहेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूसँगै अन्दाजी १ क्विन्टल गाईको मासु बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई जिल्ला अदालत कपिलवस्तुबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *