महासंघबाहेक आन्दोलित शिक्षकसँग संसदमा कुरा राख्ने सहमति भएको छ: शिक्षामन्त्री राई – Nepal Press

महासंघबाहेक आन्दोलित शिक्षकसँग संसदमा कुरा राख्ने सहमति भएको छ: शिक्षामन्त्री राई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयकको विरोध गर्ने शिक्षकसँग कुनै पनि सम्झौता नभएको स्पष्ट पारेका छन् ।

विद्यालय शिक्षा विधेयकमाथि संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा आइतबार शुरु भएको सैद्धान्तिक छलफलमा उनले शिक्षक महासंघका पदाधिकारीसँग सहमति भएरमात्रै विधेयक संसदमा दर्ता गरेको बताए ।

अधिकांश सांसदले शिक्षकको आन्दोलनपछि भएको सहमतिबारे प्रश्न गरेपछि शिक्षामन्त्री राईले यस्तो जवाफ दिएका हुन् ।

उनले भने, ‘शिक्षक महासंघसँग छलफल भएको थियो । उहाहरुसँग सहमति भएपछि मात्रै मन्त्रिपरिषद्बाट विधेयक संसदमा दर्ता भएको हो । महासंघसँग सहमति भएपछि पनि आन्दोलन भयो । महासंघलाई बोलाएर कुरा ग¥यौं । हामीले चित्त बुझाए पनि साथीहरुले चित्त बुझाउनुभएको छैन भन्नुभयो । हामीले उहाँहरुसँग कुनै सम्झौता गरेनौं । संसदमै कुरा राख्ने गरी आन्दोलन टुङ्गिएको हो ।’

शिक्षकको मागलाई मन्त्रालयले सकारात्मक रुपमा लिएपछि आन्दोलन टुङ्गिएको उनको भनाइ छ ।

शिक्षामन्त्री राईले भने, ‘तपाईंहरुको माग माननीयमार्फत संशोधन राख्न हामीले शिक्षकलाई आग्रह गरेका थियौं । धेरैजसो माननीयज्यूले पनि आन्दोलित शिक्षकका विषयसँग सम्बन्धित संशोधन दर्ता गर्नुभएको छ ।’

विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले पठनपाठन ठप्प पारेर गत असोज ३ गते काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । विद्यालय बन्द गरेरै प्रदर्शनमा उत्रिएका शिक्षक र सरकारबीच असोज ५ गते शिक्षकको विषय स्थानीय सरकारभन्दा माथिल्लो निकायबाट पुनरावलोकन हुने गरी सहमति भएको थियो ।

उक्त सहमतिप्रति असन्तुष्ट राहत तथा बाल विकास कार्यकर्तासहितका शिक्षकसँग असोज १२ गते अर्को सहमति भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर