सिटिजन्स बैंकका पूर्व अध्यक्ष कुलचन्द्र गौतम नेपाल बैंकर्स संघबाट सम्मानित – Nepal Press

सिटिजन्स बैंकका पूर्व अध्यक्ष कुलचन्द्र गौतम नेपाल बैंकर्स संघबाट सम्मानित

काठमाडौं । सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्व अध्यक्ष कुलचन्द्र गौतम सम्मानित भएका छन् ।

शनिवार नेपाल बैंकर्स संघको ३७ औं बार्षिक साधारण सभाबाट सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्व अध्यक्ष कुलचन्द्र गौतम सम्मानित भएका हुन् ।

गौतम संयुक्त राष्ट्र संघको सहायक महासचिव, युनिसेफको उपकार्यकारी निर्देशक, नेपालको लागि शान्ति प्रक्रिया तथा अन्र्तराष्ट्रिय मामिलामा प्रधानमन्त्रीका विशेष सल्लाहाकार, विश्व बैंक दक्षिण एसियाको खाद्य तथा पोषण सुरक्षा पहलका सल्लाहाकार, सिटिजन्स बैंक सञ्चालक समितिको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरुको विभिन्न ओहोदामा आवद्द भई गरिबी निवारण, शान्ति प्रक्रिया निर्माण विश्व स्वास्थ्य, आधारभूत शिक्षा कुटनैतिक तथा बैंकिङ्ग क्षेत्र र समस्त अर्थतन्त्रको विकासका लागि विगत ५ दशक भन्दा बढी अनवरत रुपमा योगदान पुर्‍याउँदै आएका छन् ।

गौतम सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्ष विस २०६७ देखि २०६८ साालसम्म भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर