सन्दीपको मुद्दामा फैसला बहस सुरु – Nepal Press

सन्दीपको मुद्दामा फैसला बहस सुरु

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको जबर्जस्ती करणीको मुद्दामा फैसला बहस सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासमा बहस आरम्भ भएको हो ।

सुरुमा जाहेरवालातर्फबाट सरकारी वकिलले बहस गरिरहेका छन् । त्यसपछि सन्दीपको तर्फबाट बहस हुने छ ।

आजै फैसला आउने सम्भावना कम रहेको स्रोतले बताएको छ ।

यसअघि अघिल्लो इजलासले बहस नोट पेश गर्न आदेश गरेको थियो । विभिन्न बहानामा यो मुद्दाको बहस पछि धकेलिँदै आएको छ ।

जाहेरवालातर्फबाट २ जना सरकारी वकिल र अन्य ६ जना वकिलले बहस गर्ने तयारी छ ।

यस्तै सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, रमन श्रेष्ठ, सविता भण्डारी बरालसहितले बहस गर्नेछन् ।

अहिलेसम्म एक जना सरकारी वकिलले बहस गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *