१४ किलो सुन प्रकरण: छानबिन समितिले बुझाउँदै प्रतिवेदन – Nepal Press

१४ किलो सुन प्रकरण: छानबिन समितिले बुझाउँदै प्रतिवेदन

काठमाडौं । १४ किलो सुनको छानबिन गर्न गठित समितिले आइतबार प्रतिवेदन बुझाउँदैछ ।

गत मंसिर २१ गते बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको १४ किलो सुनबारे छानबिन गर्न गठित समितिले आज दिउँसो प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

समितिले त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा पत्रकार सम्मेलन गर्दै प्रतिवेदन बुझाउन लागिएको कार्यालय प्रमुख डा. टोकराज पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *