बालुवाटार बैठक- टीआरसी विधेयकबारे छलफल, हिउँदे अधिवेशनबाट टुंग्याउन गृहकार्य – Nepal Press

बालुवाटार बैठक- टीआरसी विधेयकबारे छलफल, हिउँदे अधिवेशनबाट टुंग्याउन गृहकार्य

काठमाडौं । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्।

छलफलमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।

सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको प्रधानमन्त्री प्रेस विज्ञ मनहरि तिमिल्सिनाले बताए । उनको अनुसार शीर्ष नेताहरुबीच सोमबार पुनः बैठक बस्ने सहमति भएको छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा विचाराधीन अवस्थामा छ ।

उच्च राजनीतिक तहमा सहमति जुटाएर सरकारले हिउँदे अधिवेशनबाट यसलाई टुंग्याउने तयारी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर