पाल्पामा आगलागीबाट बालिकाको मृत्यु  – Nepal Press

पाल्पामा आगलागीबाट बालिकाको मृत्यु 

रूपन्देही । पाल्पाको निस्दी गाउँपालिका-३, झिरुबासस्थित क्याङ्रुङ् गाउँको एक घरमा आगलागी हुँदा बालिकाको ज्यान गएको छ।

स्थानीय टोलबहादुर पल्लीकी नौ महिने छोरी दिप्सना पल्लीको ज्यान गएको प्रहरीले जनाएको छ।

शनिवार मध्याह्न १२ बजेतिर खरले छाएको घरमा एक्कासि आगलागी भएको हो। क्याङ्रुङ्का श्यामबहादुर पल्लीको घर जलेर पूरै नष्ट भएको छ। मृतक बालिकासहित घरमा दुई छोराहरू रहेका थिए।

आगलागीबाट घरमा भएका अन्न, लत्ताकपडा, भाँडाकुँडा पूरै नष्ट भएको वडाध्यक्ष नवीन्द्र सोती थापाले बताए।

आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केटाकेटीलाई घरमा छोडेर दिउँसो घरबाट अभिभावक काममा गएको बेला आगो लागेको बताइएको छ।

घरमा लागेको आगो स्थानीय र प्रहरी मिलेर नियन्त्रण लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *