एमाले रौतहटको १० औं जिल्ला अधिवेशन माघ १२ गते गरुडामा हुने – Nepal Press

एमाले रौतहटको १० औं जिल्ला अधिवेशन माघ १२ गते गरुडामा हुने

काठमाडौं । नेकपा एमाले जिल्ला कमिटी रौतहटको बैठक गरुडामा सम्पन्न भएको छ । बैठकले नेकपा एमाले रौतहटको १० औ जिल्ला अधिवेशन माघ १२ र १३ गते गरुडामा गर्ने निर्णय गरेको छ । अधिवेशन तयारिका लागि विभिन्न उप समिति समेत गठन गरिएको छ ।

अधिवेशनमा प्रत्येक पालिकाबाट ५० जना सङगठित सदस्य बराबर ५ जना प्रतिनिधि चयन गर्ने, ५० जनाभन्दा बढी सदस्य भएमा २० जनामा थप १/१ जनाका दरले थप गर्दै जाने निर्णय गरेको छ ।

त्यसैगरी, अधिबेशन भएका जनसङ्गठन बाट ३ जना र अधिवेशन हुन नसकेका जनसङ्गठनका जिल्ला कमिटीबाट २ जनाको दरले प्रतिनिधित्व गराउनुका साथै जिल्ला भरिका पालिकामा माघ ३ गते एकै दिन प्रतिनिधि छनौट गर्ने निर्णय गरेको छ ।

जिल्ला कमिटिका सम्योजक सचितानन्द साहको अध्यक्षतामा र पोलिटब्यूरो सदस्य तथा रौतहट जिल्ला इन्चार्ज पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा मधेश प्रदेश कमिटीका अध्यक्ष चन्द्रेस्वर मण्डल, प्रदेश सचिव मनोज पौडेल लगायतले बोलेका थिए ।

बैठकमा केन्द्रीय कमिटी सदस्यहरु उधब रेग्मी, अजय गुप्ता, रेखा झा, प्रदेश उपसचिव आरती भण्डारिलगायतको उपस्थिति रहेको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर