चेक बाउन्सको मुद्दामा दाङ उद्योग वाणिज्य संघका सदस्य पक्राउ – Nepal Press

चेक बाउन्सको मुद्दामा दाङ उद्योग वाणिज्य संघका सदस्य पक्राउ

रुपन्देही । बैंकमा रकम नभएको चेक दिएर सताएको आरोपमा दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्य समिति सदस्य निमबहादुर बुढाथोकी पक्राउ परेका छन् ।

बाँके जिल्ला अदालतको आदेशमा बुढाथोकीलाई बैंक कसूरमा पक्राउ गरी शुक्रबार बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लामो समयदेखि कुखुरा व्यवसायमा कारोबार गर्दै आएका उनलाई दाना कम्पनीले अदालतमा चेक बाउन्समा मुद्दा हालेको थियो ।

जिल्ला अदालतले ७ लाखको चेक बाउन्समा फैसला सुनाउँदै सजाय तोकेको थियो । अदालतको फैसला कार्यान्वयन गर्नेक्रममा बुढाथोकीलाई घोराहीबाट पक्राउ गरेको र बाँके बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले नेपाल प्रेसलाई बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर