‘डीआई आतंक’ बढेपछि स्कुलमा डीआई नराख्न महानगरको आग्रह – Nepal Press

‘डीआई आतंक’ बढेपछि स्कुलमा डीआई नराख्न महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा अनुशासन इन्चार्ज(डीआई) नराख्न आग्रह गरेको छ ।

काठमाडौँ महानगरपालिकाभित्र संचालित केही विद्यालयले विद्यार्थीको अनुशासन कायम राख्न भन्दै डीआई राख्ने गरेको पाइएकाले नराख्न सबै विद्यालयहरुलाई आग्रह गरेको हो ।

डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो आएको महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले बताए ।

महानगरले आज एक सूचना जारी गर्दै विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्नु नगराउ सबैलाई सूचित गरेको छ ।

बिहीवार काठमाडौं महानगरपालिका शिक्षा विभाग अगाडि अनेरास्ववियु क्रान्तिकारीले विद्यालयमा डीआई राख्ने नाममा गुण्डा राख्ने कार्य बन्द गर्न माग गर्दै प्रदर्शन गरेका थिए । विद्यालयहरुमा मात्र नभई क्याम्पसहरुमा समेत डीआई राख्ने गरेको छ ।

केही दिन अघि मात्रै हिमालयन ह्वाइटहाउस इन्टनेशनल कलेजको डीआई कृष्ण प्रसाद नेपालले १२ कक्षामा पढ्ने छात्रामाथि यौन दुर्वयवहार गरेको भन्दै प्रहरीमा उजुरी गरेको थियो । डीआईबाट छात्रा मात्र पीडित नभई छात्रहरु पनि पीडित बनेका छन् ।

कतिपय विद्यालयकै इन्जार्चहरुले छात्राहरुमाथि ह्यारेसमेन्ट गर्ने गरेको घटनाहरु बाहिर आएका छन् । डीआईले दादागिरी देखाउने गरेको पीडित विद्यार्थीहरुको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *