नदीजन्य पदार्थ उत्खननलाई लिएर घोराहीमा वडा अध्यक्षद्वारा इन्जिनीयरमाथि दुर्व्यवहार – Nepal Press

नदीजन्य पदार्थ उत्खननलाई लिएर घोराहीमा वडा अध्यक्षद्वारा इन्जिनीयरमाथि दुर्व्यवहार

दाङ । दाङको घोराही उपमहानगरको एक जना वडाध्यक्षले नदीजन्य पदार्थको विषयलाई लिएर इन्जिनियरलाई दुव्र्यवहार गरेका छन् । घोराही ८ का वडाध्यक्ष जितेन्द्र शाहले उपमहानगरका सिनियर इन्जिनियर युबराज पौडेललाई उपमहानगरको कार्यालयमै दुर्व्यवहार गरेका हुन् ।

नदीजन्य पदार्थको उत्खननको अनुमतिको बारेमा बिबाद हुँदा वडाध्यक्ष शाहले आफूमाथि दुर्व्यवहार गरेको इन्जिनियर पौडेलले गुनासो गरे ।

इन्जिनियरमाथिको दुर्व्यवहारको बिरोधमा उपमहानगरका कर्मचारी र इन्जिनीयले विरोध गर्दै कामकाज ठप्प पार्ने चेतावानी दिएका छन् ।

वडाध्यक्ष शाहले आफू जोडिएको घटना जनताको पक्षको लागि भएको भन्दै उपमहानगरका कर्मचारी र इन्जिनियरले विरोध गर्दैमा आफू पछि नहटि अडिग रहने बताए । नदीजन्य पदार्थ उपभोक्ता समितिले ठेकेदारबाट किन्दा महङ्गो पर्ने भन्दै यसमा आफ्नो विरोध रहेको बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर