फेसबुकबाट अश्लील भिडिओ सार्वजनिक गर्ने धम्की दिइ फिरौती रकम मागेको आरोपमा तीन विद्यार्थी पक्राउ – Nepal Press

फेसबुकबाट अश्लील भिडिओ सार्वजनिक गर्ने धम्की दिइ फिरौती रकम मागेको आरोपमा तीन विद्यार्थी पक्राउ

चितवन । चितवनको रामपुरमा रहको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत तीनजना छात्रहरु फेसबुकमा फेक अकाउन्ट बनाइ ब्ल्याक मेलिङ गरि फिरौती रकम मागेको अभियोगमा पक्राउ परेका छन् ।

चितवनकै रत्ननगर नगरपालिका १३ घर भएका २० वर्षका प्रवेश रिमाल, सिराहाको लाहान नगरपालिका १ घर भएका १९ वर्षका युनिक सिंह र पोखरा महानगरपालिका २९ का २२ वर्षीय अनुराग घिमिरेलाई जिल्ला प्रहरी कार्यालय चितवनले आज पक्राउ गरेको हो ।

उनीहरुले फेसबुकमा महिलाको फेक आइडी बनाइ महिलाकै आवाज निकालेर च्याट गर्ने, अश्लील भिडियो पठाउने गरि चितवनका दुई पुरुष र कास्कीका एक महिलासँग फिरौती रकम मागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

उनका अनुसार उनीहरुको भिडियो कल रेकर्ड र फिरौती रकम मागेको प्रवृत्ति हेर्दा समूहमा अरु पनि सहभागी हुनसक्ने आशंका रहेको छ । भने उनीहरुले कसैसँग दुई, कसैसँग चार लाख रुपियाँ रकम मागेका थिए ।

उक्त रकम नदिए भिडियो सार्वजनिक गर्ने धम्की दिएका फोन रेकर्ड रहेको डिएसपी पण्डितले जानकारी दिए । उनीहरु तीनै जनालाई कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरबाट प्रहरीले आज पक्राउ गरेको हो ।

उनीहरुको साथबाट फिरौती लिएको ७६ हजार रुपियाँ र ४ थान मोबाइल सेट पनि बरामद गरिएको डिएसपी पण्डितले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *