सरकारको स्पष्ट नीति नहुँदा मेडिकल कलेज बन्द हुने अवस्थामा पुग्न थाले : सुनिल शर्मा – Nepal Press

सरकारको स्पष्ट नीति नहुँदा मेडिकल कलेज बन्द हुने अवस्थामा पुग्न थाले : सुनिल शर्मा

तुलसीपुर । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले नेपालमा रहेका मेडिकल कलेजहरु बन्द हुने अवस्थामा पुग्न लागेको बताएका छन् ।

सरकारको स्पष्ट नीति नहुँदा देशभरका मेडिकल कलेज बन्द हुने अवस्थामा पुग्न लागेको उनको भनाइ छ । उनले वार्षीक रुपमा ३० हजार बढी विद्यार्थीहरु डाक्टर पढनका लागि विदेश जाने गरेको बताए । रिपोर्टर्स क्लव दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार समेलनमा बोल्दै उनले यस्तो बताए ।

‘सबै कलेजको शेयर विक्री भई सकेको छ, सञ्चालकहरुले पनि ९० प्रतिशत कलेज किनवेच गरि सकेका छन् जिम्मेवार पदमा बसेका नेताको व्यक्ति गत स्वार्थ निहितका कारण शिक्षा र स्वास्थ्य क्षेत्र तहस नहस भएको छ’, उनले भने ।

यस्तै, उनले दाङको चारलेन सडकको अवस्था नाजुक बन्दासमेत यहाँका नेताहरु चुप लागेर बस्नु लाजमर्दो कुरा भएको तर्क गरे । उनले पहुँचको भरमा भन्दा पनि आवश्यकताको सिद्धान्तको हिसावले बजेट बाडँफाट गर्न सुझाव दिए ।

सत्तामा रहेका नेताहरुले आफ्नो क्षेत्रमा मात्र बजेट विनियोजन गर्ने गरेको प्रती आपत्ती जनाउँदै अव दुरदराजका जनताले बाच्ँन पाउँने अधिकार पाउँनु पर्छ भन्ने अभियानमा आफु लागेको भन्दै यस अभियानमा सबैको सहयोग आवश्यक रहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर