मेयर नभएको समयमा हाजिर भए प्रमुख प्रशासकीय अधिकृत आचार्य – Nepal Press

मेयर नभएको समयमा हाजिर भए प्रमुख प्रशासकीय अधिकृत आचार्य

सुर्खेत । दैलेखको नारायण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य हाजिर भएका छन् ।

बिहीबार प्रमुख प्रशासकीय अधिकृत आचार्य जनप्रतिनिधिलाई कुनै पनि जानकारी नदिएर हाजिर भएका हुन् । कार्यालयमा हाजिर भएको कुरा थाहा नपाएपछि आचार्यलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।

तर, नगरपालिकाकी उप–प्रमुख तप्ता थापाले आफ्नो नगरपालिकामा प्रमुख प्रशासकीय आएको कुराको कुनै जानकारी आफुलाई नभएको बताइन् ।

उनले भनिन्, ‘उहाँ आएको जनप्रतिनिधि कसैलाई पनि खबर भएन । पालिकामा प्रमुख प्रशासकीय अधिकृत आएको कुरा जानकारी नभएकाले यस विषयमा धेरै बोल्दिनँ ।’ यस्तै, आफू बिहान १० बजेदेखि कार्यालयमा रहेको भएपनि कुनै जनाकारी नभएको बताइन् ।

यता नगर प्रमुख लोमन शर्मा कार्यालयमा नभएको समयमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आचार्य हाजिर भएका हुन् ।

यस्तै, आचार्यले प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण गरेका छन् भने उनलाई नगरपालिकाका कर्मचारीहरुले स्वागत गरेका छन् । नगरप्रमुख शर्मा जिल्ला बाहिर रहेका छन् ।

आचार्यालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नारायण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा मंसिर २९ गते खटाएको थियो ।

यस्तै, भर्खरै हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत आचार्याले आजबाट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समालेको बताए । ‘जसले जे भनेपनि नीतिगत रुपमा काम गर्ने छु उनले भने, ‘नगरपालिकामा रहदासम्म आफ्नो जिम्मवारी कुशलतापूर्वक निर्वाह गर्नेछु ।

यसअघि उनलाई मन्त्रालयले नारायण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाएको थियो । मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत तोकेर पठाएपछि नगर प्रमुख शर्माले त्यसको विरूद्धमा मन्त्रालयलाई पत्राचार गरेका थिए ।

नगर प्रमुख शर्माले आचार्यलाई आफ्नो नगरपालिकाको कार्यालयमा हाजिर गर्न नदिने अडान लिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर