बालाई सिंघासनमा नराखेसम्म देश बन्दैन भन्ने एमालेलाई कांग्रेस नेतृत्वकाे सरकारले देखाइदिन्छ : गगन थापा – Nepal Press

बालाई सिंघासनमा नराखेसम्म देश बन्दैन भन्ने एमालेलाई कांग्रेस नेतृत्वकाे सरकारले देखाइदिन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब केही महिनामै सरकारको नेतृत्व कांग्रेसले गर्ने बताएका छन्। मधेश प्रदेश प्रथम सम्मेलनलाई सम्बोधन गर्दै संघदेखि वडासम्म कांग्रेस नेतृत्वको सरकार बन्ने बताए।

उनले भने, ‘अब केही महिनामै कांग्रेसको प्रधानमन्त्री पनि बन्छ। सिंगो देशको जिम्मा हामीले लिएका छौं। अनि चलाउने कसले हो ?’
उनले कांग्रेसले मिसन ०८४ भन्न आवश्यक नभएको बताए।

उनले भने, भ्रष्टाचारको कुरा सुन्दै गर्दा जनता रिसाएका छन्, एमालेको धारणा तपाईंहरु सुनिराख्नुभएको छ। यो देश थप बिग्रनेवाला छ जबसम्म हाम्रो बा सिंघासनमा बस्नुहुन्न त्यो बेलासम्म देश बिग्रने निश्चित छ भन्दैछ। नयाँ पार्टीहरुको कुरा सुन्दै हुनुहुन्छ। ३० बर्ष देश बिग्रियो थप पाँच बर्ष बिग्रिन्छ देशमा फोहोरै फोहोर हुन्छ त्यो सोर्न ०८४ मा आउँछु अनि सफा हुन्छ भन्दैछन्। मधेश केन्द्रित दलहरु अफ्ठ्यारो परेपछि भन्छन् उठौं मधेश जागौं मधेश भन्छन् तर भित्रभित्र उठौं मधेश जागौं मधेश उसको नाममे लुटेङ्गे हाम देश भन्छन्।’


प्रतिक्रिया

2 thoughts on “बालाई सिंघासनमा नराखेसम्म देश बन्दैन भन्ने एमालेलाई कांग्रेस नेतृत्वकाे सरकारले देखाइदिन्छ : गगन थापा

  1. कसैले गन्दैन । कुरा कसैले सुन्दैन । बिग्रिएको रेडियो फेरि पनि ट्यार ट्यार गर्छ ।

  2. के बाँकी छ काङ्रेसले देखाउन र के देखाउछ अब !? देशका तमाम कल्कारखाना बेचेर खाने काङ्रेशको कारण ६० लाख युवा बिदेशिएका छन मात्र खाना जुटाउन !! गठबन्दनको लुट र अब्येवस्थाले अस्त ब्येस्त सबै तिर !!
    अरु के गरेर देखाउने !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर